images
images

चोयु हिमालमा नेपालतर्फबाट पहिलोपटक व्यावसायिक आरोहण सुरु

चोयु हिमालमा नेपालतर्फबाट पहिलोपटक व्यावसायिक आरोहण सुरु

मंगलवार, जेठ २९ २०८१
मंगलवार, जेठ २९ २०८१
  • चोयु हिमालमा नेपालतर्फबाट पहिलोपटक व्यावसायिक आरोहण सुरु

    काठमाडौँ / आरोहणका हिसावले निकै कठिन मानिएको चोयु हिमाल (८१८८ मिटर)मा  सफल आरोहण भएको छ।

    उक्त हिमालमा हालै छ जना शेर्पासहित एक विदेशी नागरिकले पहिलो पटक सफल आरोहण गरेसँगै नेपालबाट आरोहणको ढोका खुलेको हो । 

    पर्यटन विभागका अनुसार नेपालतर्फबाट पहिलो पटक चोओयुको सफल आरोहण भएको छ । गत शुक्रबार छजना शेर्पा र एकजना फ्रान्सका नागरिकले चोयु चढ्न सफल भएका थिए ।

    सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्मा शेर्पाका अनुसार नेपालतर्फबाट नयाँ रुट (एस–एसडब्ल्यु राइड, एसएसटी नेपाल रुट) चोओयुको पहिलो पटक आरोहण सफल भएको हो ।  

    यसअघि  नेपालतर्फबाट चोओयुको आरोहणको प्रयास गरिए पनि सफल हुन सकेको थिएन। आरोहणका लागि निकै कठिन मानिने चोओयु आरोहणले नेपालको साहसिक पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास लिइएको छ । 

    चोओयु हिमाल चीनतर्फबाट मात्रै आरोहण हुँदै आएको थियो ।

    विभागको पर्वतारोहण शाखाका अनुसार आरोहण टिममा फ्रान्सका अलास्डिर म्याकान्जि, नेपालबाट गाल्जे शेर्पा, छान्वा शेर्पा, तेन्जिङ ग्याल्जेन शेर्पा, लाक्पा तेम्वा शेर्पा, लाक्पा तेन्जी शेर्पा, निग्मा ओङदा शेर्पा छन् ।

    चोयु हिमाल आरोहण गरी आज काठमाडौँ आइपुगेको टोलीलाई विमानस्थ र पर्यटन बोर्डमा आयोजित कार्यक्रममा भब्य सम्मान गरिएको छ । 

    बोर्ड, पर्यटन विभाग र नेपाल पर्वतारोहण संघले संयुक्त रुपमा आरोही टोलीलाई सम्मान गरेको हो ।

    विभागका महानिर्देशक रूद्रप्रसाद पण्डितले नेपाली टोलीले लामो समयको प्रयासपछि कठिन, साहसिक र जोखिमपूर्ण मानिएको चोयु आरोहण गरेर नेपालको पर्वतारोहणलाई विश्वभर नयाँ सन्देश दिन सफल भएको बताए । 

    बोर्डका उपध्यक्ष रामप्रसाद सापकोटाले विगतमा चीनतर्फबाट मात्रै आरोहण भइरहेको चोयुको आरोहण सफलताले अब नेपालबाटै आरोहीहरुले आरोहण गर्न पाउने भन्दै खुसी व्यक्त गरे । 

    नेपाल पर्वतारोहण सङ्घका वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डेले पनि चोयु आरोहणको सफलताले पुनःविश्वभर नेपालको पर्यटन क्षेत्रको प्रचार हुने विश्वास व्यक्त गरे । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार