images
images

मे महिनामा अमेरिकामा दुई लाख ७२ हजार रोजगारी थपियो

मे महिनामा अमेरिकामा दुई लाख ७२ हजार रोजगारी थपियो

शनिवार, जेठ २६ २०८१
शनिवार, जेठ २६ २०८१
  • मे महिनामा अमेरिकामा दुई लाख ७२ हजार रोजगारी थपियो

    अमेरिकी रोजगारदाताहरूले मे महिनामा दुई लाख ७२ हजार रोजगारी थपेका छन् । रोजगारी अप्रिल महिनादेखि बढिरहेको छ । 

    images
    images

    निरन्तर उच्च ब्याजदरका बाबजुद कम्पनीहरू रोजगारी जारी राख्न अर्थतन्त्रमा पर्याप्त विश्वस्त छन् भन्ने यसले सङ्केत दिएको छ । 

    गत महिनाको बलियो रोजगारी वृद्धिले अमेरिकाको उपभोक्ता–सञ्चालित अर्थतन्त्रको स्थायित्वलाई झल्काउँछ । मुलुकका परिवारहरूले आफ्नो स्थिर खर्च जारी राख्दा धेरै रोजगारीदाताहरूले आफ्ना ग्राहकहरूको माग पूरा गर्नका लागि नियुक्तिहरू जारी राख्नुपरेको छ । 

    श्रम विभागले शुक्रबार बेरोजगारी दर अझै पनि चार प्रतिशतभन्दा कम तीन दशमलव नौ प्रतिशतमा पुगेको बताएको छ । 

    यसबाट बेरोजगारीको २७ महिनाको सिलसिला चार प्रतिशतभन्दा कम भएको छ । यो सन् १०६० को दशकपद्धि यस्तो प्रकारको सबैभन्दा लामो दौडसँग मेल खान्छ । 

    राष्ट्रपति जो बाइडेनले शुक्रबारको रोजगारीको रिपोर्टलाई आफ्नो प्रशासनअन्तर्गत अर्थतन्त्रको बलियो स्वास्थ्यको सङ्केतका रूपमा औँल्याउन सक्ने सम्भावना छ । 

    रिपब्लिकनबाट राष्ट्रपतिका सम्भावित उम्मेदवार डोनाल्ड ट्रम्पले मुद्रास्फीतिमा भएको वृद्धिमा बाइडेनको आर्थिक नीतिहरूको आलोचनालाई केन्द्रीत गरेका छन् । 

    सर्वेक्षणले अर्थतन्त्रका बारेमा मतदाताहरूको आकलनमा अहिले पनि भारी असर परेको देखाउँछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार