images
images

सरकारको निर्णय : मेलम्चीको हेडवर्क्स निर्माण गर्नेदेखि राजदूतहरू फिर्ता बोलाउनेसम्म

सरकारको निर्णय : मेलम्चीको हेडवर्क्स निर्माण गर्नेदेखि राजदूतहरू फिर्ता बोलाउनेसम्म

शुक्रवार, जेठ २५ २०८१
शुक्रवार, जेठ २५ २०८१
  • सरकारको निर्णय : मेलम्चीको हेडवर्क्स निर्माण गर्नेदेखि राजदूतहरू फिर्ता बोलाउनेसम्म

    काठमाडौँ / सरकारले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेस गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै, सरकारले हेटौँडा सिमेन्ट उद्योगको अध्यक्षमा नरेन्द्र भण्डारीलाई र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धकमा पदम ओलीलाई नियुक्त गरेको छ । 

    images
    images

    यसैगरी, मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवर्क्स र थप संरचना मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा निर्माण गर्न सरकारले स्वीकृति दिएको छ । 

    आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा (१) बमोजिम तोकिएका आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने आदेश जारी गर्ने र सो को सूचना नेपाल राजपत्रमा प्रकाशन गर्नेसरकारको निर्णय छ ।

    त्यस्तै, तोकिएका सेवा उपलब्ध गराउँदा विभिन्न क्षेत्रको लागि तोकिएको मितिबाट लागु हुने गरी राष्ट्रिय परिचयपत्रबाट समेत सेवा लिन सक्ने गरी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ बमोजिमको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने भएको छ । 

    यसैगरी सरकारले भारत, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, इजरायल, साउदी अरब, कतार, मलेसिया, डेनमार्क, स्पेन, दक्षिण कोरिया र पोर्चुगलका लागि नेपाली आवासीय राजदूतहरूलाई फिर्ता बोलाएको छ । 

    त्यस्तै, सरकारले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशकमा  तेजबहादुर राईलाई तोकेको छ ।

    विस्तृतमा हेर्नुस् 

    nirnaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार