images
images

रवि लामिछानेले सहकारीको समाचार लुकाउन गरेको आग्रह नमान्दा बुवालाई पक्राउ गरियो : सम्भव सिरोहिया

रवि लामिछानेले सहकारीको समाचार लुकाउन गरेको आग्रह नमान्दा बुवालाई पक्राउ गरियो : सम्भव सिरोहिया

शुक्रवार, जेठ २५ २०८१
शुक्रवार, जेठ २५ २०८१
  • रवि लामिछानेले सहकारीको समाचार लुकाउन गरेको आग्रह नमान्दा बुवालाई पक्राउ गरियो : सम्भव सिरोहिया

    काठमाडौँ / कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीको समाचार लकाइदिन÷मिलाइदिन गरेको आग्रह नमान्दा कैलाश सिरोहियालाई पकउ गरिएको बताएका छन् । 

    images
    images

    सामाजिक सञ्जाल एक्समार्फत कैलाशका छोरासमेत रहेका उनले सहकारी ठगीको बिषय मिलाउन लामिछानेले गरेको अनुरोध नमानेका कारण कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया पक्राउ परेको बताएका हुन्।

    उनले भने, “यसपालि रास्वपाका रवि लामिछानेज्यू जो गृहमन्त्री छन्। उहाँको सहकारीको ठगी जनताको माझमा ल्याउने क्रममा उहाँले धेरै अनुरोध गर्नुभयो, यो समाचार लुकाइदिनको लागि, मिलाइदिनका लागि। उहाँले पहिला आफूले गरेको पत्रकारिताजस्तो सोच्नुभयो जस्तो लाग्यो मलाई, सेटिङ गरेर समाचार बन्छ वा लुक्छ सोच्नुभो,” 

    निर्देशक सिरोहियाले गृहमन्त्री लामिछानेले कैलाश सिरोहियालाई पक्राउ गरेर शक्तिको दुरुपयोग गरेकोसमेत बताएका छन् । “उहाँलाई कति बुझाउने प्रयास गरियो कि व्यवस्थापनले समाचार लेख्दैन, सम्पादकीय स्वतन्त्रता छ। उहाँले त्यो कुरा बुझ्न सक्दै सक्नुभएन,” उनले भने, “गृहमन्त्रीज्यूको अनुरोधमा कान्तिपुरले सेटिङ नगरेको भएर उहाँ फेरि तल्लो स्तरमा ओर्लनुभयो र उहाँले आफ्नो शक्ति दुरुपयोग गर्दै झूटो केस लगाएर कान्तिपुरका अध्यक्ष मेरो बुवा कैलाश सिरोहियालाई पक्राउ गर्नुभयो ।” 

    हजुरबुवाले नागरिकता लिएपछि बुवा कैलाशले वंशजको आधारमा नागरिकता प्राप्त गरेको सम्भवको दाबी छ ।

    कैलाश सिरोहिया नेपालमै जन्मिएर हुर्किएको नेपाली नागरिक भएको बताउँदै उनले अगाडि भने, “उहाँ जन्मिदा उहाँको बुवा नेपाली नागरिक भएको भएर उमेर पुगेपछि सिडिओ कार्यालय गएर आफ्नो नेपाली नागरिता लिनुभयो ।
    कैलाश सिरोहियाको दाइहरुको नागरिकता क्याटेगेरी फरक छ । गृह मन्त्रालयको नियम त गृहमन्त्री आफैँले पनि बुझ्नुपर्ने हो । दाइहरू जन्मिदा हजुरबुवाले नेपाली नागरिकता पाउनु भएको थिएन । ९ जनामध्येको कान्छो छोरो कैलाश सिरोहिया जन्मिदा हजुरबुवाले नेपाली नागरिकता प्राप्त गरिसक्नु भएको थियो । यति सरल कुरालाई केके न जस्तो हल्लाबाजी गरियो ।” 

    हिमालयन रिइन्योरेन्स र कान्तिपुर टेलिभिजनको डकुमेन्टमा कैलाशको नागरिकता नम्बर फरक रहेको स्पष्टीकरण दिँदै उनले त्यसमा टाइपिङ मिस्टेक भएको बताए । 

    उनले भने, “नागरिकता अप्लोड गर्ने मान्छेको टाइपिङ मिस्टेकको कारणले नागरिकता नम्बर फरक भएको हो । गृहमन्त्रीज्यूको आफ्नै पनि गोर्खा मिडियाको एउटा डकुमेन्टमा बुवाको नाम एउटा छ, अर्को डकुमेन्टमा अर्को छ । यो डकुमेन्ट हामी छ । हामीले यो टाइपिङ मिस्टेक भनेर प्रकाशित गरेनौँ । दुईटा बुवा भएको हल्ला फैलाएर पक्रिन त टाढाको कुरा ।” 

    कैलाश सिरोहियाको नागरिकता अरु कुनै व्यक्तिसँग मिल्न गएको कुरामा आफू दोषी नहुने उनले बताए । यसमा लिनेभन्दा दिने व्यक्ति जिम्मेवार रहने उनको भनाइ छ । 

    “देशको पहिलो मिस्टेक होइन यो । यस्तो केश सिडिओ आफैले मिलाउने गरेको छ । सिडिओ अफिसबाट कैलाश सिरोहियाको नागरिता लिने बेलाको अभिलेख हरायो रे । आजभन्दा एक बर्ष अघि राष्ट्रिय परिचयपत्र लिने बेलामा धनुषा जिल्लाको सिडिओले नै अभिलेख भेरिफाइ गरेर काठमाडौँ पठाएको हो,” उनले भने, “यो अभिलेख कहाँ किन हरायो ? फेरि अस्ति भर्खर भेटे भन्छन्, । यस्तो आरोप लगाएर देशको मजाक उडाइराख्नुभएको छ गृहमन्त्रीज्यूले। 

    गृहमन्त्रालयले ४०/४५ बर्ष अगाडि दिएको नागरिकतामा केरमेट छ भने हामीले के गर्ने । हस्ताक्षर गर्ने अधिकारीलाई सोधेको भए भइहाल्थ्यो नि । देश हल्लाउने गरी पक्राउ गर्नुपर्ने कारण के थियो ।” 

    प्रहरीले नागरिकता प्रकरणमा अध्यक्ष सिरोहियालाई गत जेठ ८ गते पक्राउ गरेको थियो । उनलाई जिल्ला सरकारी वकिलको कार्यालयबाट अनुमति लिएर धनुषा प्रहरीले जेठ १६ गते हाजिर जमानीमा छाडेको थियो । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार