images
images

चौधरी फाउन्डेसनद्वारा इलेक्ट्रीकल उपकरण मर्मत तालिम सम्पन्न

चौधरी फाउन्डेसनद्वारा इलेक्ट्रीकल उपकरण मर्मत तालिम सम्पन्न

मंगलवार, जेठ २२ २०८१
मंगलवार, जेठ २२ २०८१
  • चौधरी फाउन्डेसनद्वारा इलेक्ट्रीकल उपकरण मर्मत तालिम सम्पन्न
    images
    images

    काठमाडौँ / चौधरी फाउन्डेसनको आयोजनामा सञ्चालित ४८ दिने एसी र रेफ्रिजेरेटर मेकानिक तालिम सम्पन्न भएको छ ।

    मंगलबार एक समारोहबीच चौधरी गु्रपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र चन्द्रगिरी नगरपालिकाका मेयर घनश्याम गिरीले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरे । 

    यस तालिमको मुख्य उद्देश्य ग्रामीण भेगका युवाहरुलाई रोजगारमुलक सिप विकास गर्नु रहेको चौधरी फाउन्डेसनले जनाएको छ । 

    काठमाडौँको चन्द्रागिरी नगरपालिकामा संचालित यस कार्यक्रम सफलतापुर्बक समापन भएको छ भने, चौधरी फाउन्डेसनले सुनसरीको गढी गाउँपालिका र नवलपरासीको सरावल गाउँपालिकामा पनि यस्तै तालिम सञ्चालन गरिरहेको छ ।

    यसैबीच, चौधरी फाउन्डेसनले तिनवटा प्रदेशमा इन्डक्सन चुल्हो मर्मत र रेखदेख सम्बन्धी ३ दिने तालिम पनि सञ्चालन गरिरहेको छ । यो तालिम लुम्बिनी प्रदेशमा सम्पन्न भइसकेको छ भने कर्णाली र मधेश प्रदेशमा चाँडै सुरु हुनेछ ।

    यी सबै तालिमको मुख्य उद्देश्य लक्षित लाभग्राहीहरुलाई इलेक्ट्रोनिक्स मर्मत र रेखदेख सम्बन्धी गुणस्तरीय व्यावसायिक र प्राविधिक तालिम प्रदान गर्नु रहेको चौधरी फाउन्डेसनले जानकारी दिएको छ ।

    कार्यक्रममा बोल्दै चौधरी गु्रपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले देशभित्रै सिपयुक्त जनशक्ति विकास गर्न चौधरी फाउन्डेसन प्रतिबद्ध रहेको बताए । 

    हामी यस्ता तालिम कार्यक्रमको माध्यमबाट मानिसहरुलाई सिप विकासमा सहयोग गरिरहेका छौं, ताकि उनीहरु देशभित्रै रोजगार प्राप्त गर्न सकुन् र राम्रो आम्दानी आर्जन गर्न सकुन उनले भने । 

    विश्वकै प्रतिष्ठित अन्तराष्ट्रिय कम्पनि एल.जी. इलेक्ट्रोनिक्सको सहकार्य तथा प्रविधिक सहयोगमा यस्ता तालिम मार्फत युवाहरुमा सिपको विकासमा सहयोग गर्नु चौधरी गु्रपको कर्तब्य समेत रहेको चौधरीले बताए । 

    चौधरी ग्रुप नेपालका एल.जी. इलेक्ट्रोनिक्स सँग ४० वर्ष भन्दा बढीको ब्यवसायीक सम्बन्ध रहेको छ ।समारोहमा बोल्दै चन्द्रगिरी नगरपालिकाका मेयर घनश्याम गिरीले चौधरी ग्रुपसँग सहकार्य गर्न पाउदा उत्साहित भएको बताए । 

    “यस्ता तालिमले मान्छेमा सीप भर्ने र देशमै केहि गरेर जीवन चलाउन युवाहरुलाई प्रोत्साहान गर्नेछ,” गिरीले बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार