images
images

प्रभु बैङ्क र हिमाल हस्पिटलबिच विशेष छुट सम्झौता, ग्राहक र कर्मचारीले लाभ लिन सक्ने

प्रभु बैङ्क र हिमाल हस्पिटलबिच विशेष छुट सम्झौता, ग्राहक र कर्मचारीले लाभ लिन सक्ने

सोमवार, जेठ २१ २०८१
सोमवार, जेठ २१ २०८१
  • प्रभु बैङ्क र हिमाल हस्पिटलबिच विशेष छुट सम्झौता, ग्राहक र कर्मचारीले लाभ लिन सक्ने

    काठमाडौँ / प्रभु बैङ्क लिमिटेडका काठमाडौँ, ज्ञानेश्वरस्थित हिमाल हस्पिटल (एचएच) प्रभु बैङ्क लिमिटेडबिच विशेष छुट सम्झौता भएको छ । बैङ्कका ग्राहक तथा कर्मचारीहरूलाई हस्पिटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने गरी उक्त सम्झौता भएको हो । 

    images
    images

    एक समारोहकाबिच हिमाल हस्पिटलकातर्फबाट व्यवस्थापकीय निर्देशक नविन ताम्ली र प्रभु बैङ्कका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । समारोहमा प्रभु बैङ्कका बजार व्यवस्थापक का तर्फबाट म्यानेजर दिना चित्रकार र सबिन राणा तथा हिमाल हस्पिटलका मूख्य प्रशासन अधिकृत राजेन्द्र के.सी.को समेत उपस्थिति रहेको थियो ।

    सम्झौताअनुसार प्रभु बैङ्कका सम्पूर्ण ग्राहकहरू, कार्ड प्रयोगकर्ताहरू, कर्मचारी तथा कर्मचारीका पारिवारजनले हिमाल हस्पिटलमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका सेवाहरूमा १० देखि २० प्रतिशत तथा शल्यक्रिया शुल्कमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

    छुट सुविधा प्राप्त गर्नका लागि बैङ्कका ग्राहकहरूले प्रभु बैङ्क लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा प्रिभलेज कार्डमध्ये कुनै एक हिमाल हस्पिटलमा पेश गर्नुपर्ने छ ।

    सन् १९७८ मा बिराटनगर मा स्थापित थापा नर्सिङ्ग होम पछि सन् १९८८ मा ज्ञानेश्वर, काठमाण्डौ मा नाम परिवर्तन भई हिमाल हस्पिटल गरिएको थियो । जुन नेपालको निजी क्षेत्रवाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक मध्यको दोस्रो निजी अस्पताल हो ।

    हिमाल हस्पिटलले केही दशकदेखि निरन्तर स्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको र एकै छानामुनी आकस्मिक उपचार देखि सघन उपचार अनि पेन मेडिसिन लगायत उपलब्ध गराउँदै आईरहेको छ । स्वास्थ्यप्रति जागरूक नागरिकहरूको लागि हिमाल हस्पिटलमा विभिन्न स्वास्थ्य परिक्षण प्याकेजहरू मार्फत नियमित स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवाहरू समेतको व्यवस्था रहेको छ ।

    त्यसैगरी, ग्राहकहरूको रोजाईको अग्रणी बैङ्कको रूपमा रहेको तथा हालसालै ‘बैङ्क अफ द इयर २०२३’को उपाधिबाट सम्मानित प्रभु बैङ्कका नेपालभर ३०२ शाखा कार्यालयहरू, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरूलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैङ्कले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ । साथै, छोटो समयको अन्तरालमा नै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार