images
images

विद्यालयको पर्खाल निर्माण गर्दा घुस लिने अधिकृतसहित ३ जना अख्तियारको फन्दामा

विद्यालयको पर्खाल निर्माण गर्दा घुस लिने अधिकृतसहित ३ जना अख्तियारको फन्दामा

आइतवार, जेठ २० २०८१
आइतवार, जेठ २० २०८१
  • विद्यालयको पर्खाल निर्माण गर्दा घुस लिने अधिकृतसहित ३ जना अख्तियारको फन्दामा

    काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषा शहिदनगर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरीसहित तीन जनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।

    images
    images

    विद्यालयको पर्खाल निर्माण कार्य सम्पन्न पश्चात् भुक्तानी दिने क्रममा सेवाग्राहीसँग रु एक लाख बराबरको घुस लिँदै गरेको अवस्थामा आयोगको टोलीले पक्राउ गरेको थियो । 

    यस्तै, आयोगको टोलीले रु एक लाख ७५ हजार बराबरको चेकसमेत नियन्त्रणमा लिएको थियो ।

    आयोगले प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरी, प्रतिवादी रमेशप्रसाद चौधरी र गुरुदेव यादवविरुद्ध समान रु दुई लाख ७५ हजार बराबरको बिगो दावी गर्दै मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार