प्राध्यापक डा. सुरेन्द्र केसीले दरबार हत्याकाण्डमा जनताले ज्ञानेन्द्रमाथि ठूलो आशंका गरेको बताए । राजधानीमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा उनले ज्ञानेन्द्रमाथि जनताले आशंका गरे पनि घटनाबाट बचेका गोखर शमशेरले पनि यसमा दिपेन्द्रकै हात रहेको बताएको दावी गरेका हुन् ।
सेना, प्रहरीले, शाही परिवार र दरबारसँग जोडिएका राणाहरूले उक्त घटना युवराज दिपेन्द्रले नै गराएको दाबी गरिरहेको उनले बताए । आफूलाई भने सबै घटना दिपेन्द्रले गराएकोमा विश्वास नरहेको बताए ।
उनले विरेन्द्रलाई हान्नेसम्म चाहीँ दिपेन्द्रले गरेको र त्यसपछि अरू कोही संलग्न भएको आशंका व्यक्त गरे । दरबारनिकटका कलाकार नीर शाहले पनि उक्त घटना दिपेन्द्रकै कारण घटेको भनी अन्तरवार्ताहरू दिएको केसीले स्मरण गराए ।
दिपेन्द्रलाई सो घटनामा आफ्नो पनि ज्यान जाँदैछ भन्ने कुरा थाहा नभएको डा. कसीको दाबी छ । दिपेन्द्रले गोली चलाएर विरेन्द्र ढलेपछि त्यसपछिको घटनालाई अरूले टेकओभर गरेको उनको उनको अनुमान छ ।
संवैधानिक दायरामा आइसकेको राजपरिवारको वंशनाश गर्नुपर्ने नेपाली जनताबाट कुनै खतरा नरहेको उनले बताए । विरेन्द्रको वंशनाशपछि राजा बनेका ज्ञानेन्द्रले पाले हुर्काएकाहरूबाट नै राजासंस्थामा खतरा आएको बताए । उनले ज्ञानेन्द्र सत्ताच्यूत हुनुमा कमल थापा र भेषबहादु थापाको नाम लिए ।
अहिले राजतन्त्रको पक्षमा माहोल बन्दै गएको डा. केसीको भनाइ छ । उनले अहिलेका राष्ट्रपति, प्रधानमन्त्री र नेताहरूको भन्दा बजारमा आफ्नो क्रेज बढी रहेकोसमेत दाबी गरे ।