images
images

पैतृक सम्पत्तिमा समान अधिकारबारे जानकारी नै हुन सकेको छैन : मन्त्री चौधरी

पैतृक सम्पत्तिमा समान अधिकारबारे जानकारी नै हुन सकेको छैन : मन्त्री चौधरी

बिहिवार, जेठ १७ २०८१
बिहिवार, जेठ १७ २०८१
  • पैतृक सम्पत्तिमा समान अधिकारबारे जानकारी नै हुन सकेको छैन : मन्त्री चौधरी

    काठमाडौँ / महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले पैतृक सम्पत्तिमा महिला र पुरुषको समान अधिकार कानूनले सम्बोधन गरेपनि त्यसको विषयमा जानकारी नै हुन नसकेको बताएकी छन् । 

    राष्ट्रिय महिला अधिकार दिवसको सन्दर्भमा राष्ट्रिय महिला आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन् । 

    “कानूनले सम्पत्तिमाथि छोराछोरी दुवैको समान अधिकारको व्यवस्था गरेको भएपनि धेरैलाई त्यसको विषयमा जानकारी नै हुन सकेको छैन । तल–तल त्यसको विषयमा जानकारी नै छैन”, मन्त्री चौधरीले भने, “आफ्नै दाजुभाइसँग किन झगडा गर्ने, किन सम्बन्ध बिगार्ने भनेर पनि धेरै महिलाहरूले सम्पत्तिमाथि दाबी नै गर्ने गरेका छैनन् । जबकि यो हामी सबैको समान अधिकार हो । होइन बेकारमा परिवारमा किन द्वन्द्व सिर्जना गर्ने भनेर महिलाहरू पछाडि सर्ने गरेको पाइन्छ ।”

    यी कुराहरूको एड्भोकेसी गर्न जरुरी भएको बताउँदै उनले महिलाको अधिकारका लागि एकजुट हुन आवश्यक रहेको बताइन् । ३८/३९ वटा महिला अधिकारसँग सम्बन्धित ऐन, कानून रहेको भन्दै मन्त्री चौधरीले संविधान सँगसँगै फौजदारी संहिता नेपाल संहिता ऐनभित्र पनि धेरै वटा कानूनहरू आएको बताइन् । 
     
    धेरै कानूनहरू कार्यान्वयन भएको अवस्था नरहेको बताउँदै उनले महिला अधिकारलाई सुनिश्चितता गराउनका निम्ति अझै मेहनत गर्न आवश्यक रहेको उनको भनाइ छ । 

    “सबैको बजेट बढ्दै गयो तर महिला मन्त्रालयको बजेटको सिंहावलोकनहरू झन् घट्दै गयो । पितृसत्तात्मक सोचलाई चिर्न आवश्यक छ । मन्त्रीको रूपमा मैले पनि सकेन र स्वयं राष्ट्रिय योजना आयोगमा रहनुभएका माननीय सङ्गीताज्यूले पनि सक्नुभएन”, मन्त्री चौधरीले भनिन्, “हामीसँग अहिले ७५३ वटै पालिकाहरू छन् । महिला विकास अधिकृतहरू स्थानीय तहमा गाभियो । तर अहिले महिला मन्त्रालयको तल संरचना नहुँदा काम गर्न अप्ठ्यारो परिरहेको छ । त्यो सेवाग्राही स्वयंले पनि महसुस गरिरहनुभएको छ ।”

    अहिलेसम्म निर्माण भएका ऐन, कानूनको कार्यान्वयनको अवस्थाको समीक्षा गर्दै आगामी योजनासहित अगाडि बढ्नुपर्ने मन्त्री चौधरीले बताइन् । 

    अहिले बालविवाहको अवस्था विकराल बन्दै गएको भन्दै उनले यसको न्यूनीकरणका निम्ति पनि अभियान सञ्चालन गर्न आवश्यक रहेको बताइन् । उनले भने, “अहिले पनि बालविवाहको अवस्था विकराल बन्दै छ। यसलाई नियन्त्रण गर्न आवश्यक छ ।”

    अप्ठ्यारोमा परेका, हिंसामा परेका महिलाहरूका निम्ति राज्यले नै उनीहरूको सुरक्षा गर्न सेल्टर हाउसहरू बनाउन आवश्यक रहेको मन्त्री चौधरीले बताइन् । 

    “यी कुराहरू आवश्यक छ । त्यसका निम्ति बजेट चाहिन्छ । यसपालि केही गर्न सकिन्छ कि भनेर लागे तर निकै न्यून बजेटको व्यवस्था गरियो । महिला दिवस मनाउनुको औचित्यता रहेको भन्दै उनले यी कुरालाई सबैले आत्मसाथ गर्न आवश्यक रहेको छ ।” मन्त्री चौधरीले भनिन्, “तीन तहको निर्वाचन हुन्छ । यी सबै प्रतिस्पर्धाहरू हेर्दाखेरि साँच्चिकै महिलाको सबै कुराहरू आयो त ? विषयहरू आयो त भनेर हेर्दा महिलाको छुट्टै आन्दोलन आवश्यक छ कि भन्ने पनि लाग्छ ।” 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार