images
images

सिद्धार्थ बैङ्कले ४,४२३ मिटरमा निर्माण हुने आमादब्लम जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन गर्ने

सिद्धार्थ बैङ्कले ४,४२३ मिटरमा निर्माण हुने आमादब्लम जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन गर्ने

बुधवार, जेठ १६ २०८१
बुधवार, जेठ १६ २०८१
  • सिद्धार्थ बैङ्कले ४,४२३ मिटरमा निर्माण हुने आमादब्लम जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन गर्ने

    काठमाडौँ / सिद्धार्थ बैङ्क लिमिटेडले  ९११ किलोवाट क्षमताको जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापनका लागि कर्जा सुविधा प्रदान गर्ने भएको छ । बैङ्कले सोलुखुम्बु जिल्लाको पाङ्बोचेमा आमादब्लम मिनी हाइड्रो लिमिटेडद्वारा निर्माण प्रस्ताव गरिएको उक्त आयोजनाको वित्तिय व्यवस्थापनका लागि कर्जा सुविधा प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको हो । 

    images
    images

    उक्त सम्झौता पत्रमा सिद्धार्थ बैङ्कका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल, आयोजना कम्पनीका अध्यक्ष लक्ष्मण अधिकारी, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाल र खुम्बु पासाङल्हामु गाँउपालिकाका अध्यक्ष मिङमा छिरी शेर्पाले हस्ताक्षर गरेका छन् । 

    उक्त सम्झौताअनुसार नेपाल सरकार/वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत प्राप्त हुने आर्थिक सहयोगमा सम्पन्न हुने यस आयोजनामा सिद्धार्थ बैंक लिमिटेडले विश्व बैङ्कबाट प्राप्त हुने ऋण रकम र बेलायती सरकारद्वारा आर्थिक सहयोगको रूपमा प्राप्त हुने Challenge Fund प्रवाह गर्नको लागि साझेदार बैङ्कको रूपमा भुमिका निर्वाह गर्नेछ ।

    चोलुन्चे खोलाको पानी प्रयोग गरी निर्माण हुन गइरहेको यस आयोजना ४ हजार ४२३ मिटरको उचाइमा रही संसारकै अग्ला स्थानहरूमा रहेका जलविद्युत आयोजनाहरूमध्ये एक हो । 

    सगरमाथा राष्ट्रिय निकुञ्जभित्र रहेको क्षेत्रमा राष्ट्रिय प्रशारणको विद्युत उपलब्ध नभएका कारण विद्युत अभाव रहि आएकोमा यस आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि उक्त समस्याको न्युनीकरण मात्र नभई वातावरणमा सकारात्मक प्रभाव, पर्यटकलाई भरपर्दो उर्जाको विकल्प तथा खुम्बु पासाङल्हामु गाउँपालिका भित्रका ४५१ घरधुरी प्रत्यक्ष्य रुपमा लाभान्वित हुने विश्वास बैङ्कले लिएको छ । 

    सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैङ्कले देशभर १९६ वटा शाखा (५ एक्स्टेन्सन् काउन्टरसहित), ७३ शाखारहित बैंकिङ्ग सेवा र २२६ एटिएम मार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

    ‘सम्बन्ध सधैभरीलाई’ भन्ने नारा अवलम्बन गर्दै बैंकले आफ्नो ग्रहम सेवा केन्द्र (सिद्घार्थ केयर)मार्फत विभिन्न सेवा प्रदान गर्ने तथा गुनासोलाई सम्बोधन गर्ने कार्य हप्ताको सातै दिन २४सै घण्टा गर्दै आएको छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार