images
images

बजेटबारे चेम्बरको २७ बुँदे धारणा : यथार्थपरक र संयमित बजेट आए पनि कार्यान्वयन चुनौतीपूर्ण

बजेटबारे चेम्बरको २७ बुँदे धारणा : यथार्थपरक र संयमित बजेट आए पनि कार्यान्वयन चुनौतीपूर्ण

बुधवार, जेठ १६ २०८१
बुधवार, जेठ १६ २०८१
  • बजेटबारे चेम्बरको २७ बुँदे धारणा : यथार्थपरक र संयमित बजेट आए पनि कार्यान्वयन चुनौतीपूर्ण

    काठमाडौँ / सरकारले संघीय संसदमा मंगलबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट यथार्थपरक र संयमित आएपनि कार्यान्वयन चुनौतीपूर्र्ण रहेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले ल्याएको १८ खर्व ६० अर्ब ३० करोड रुपैयाँको बजेट कार्यान्वयन चुनौतीपूर्ण रहेको ठहर चेम्बरले गरेको हो । 

    images
    images

    आर्थिक मन्दीबाट निस्किएर अर्थतन्त्रलाई चलायमान बनाउने सरकारी लक्ष्य समेत चुनौतीपूर्ण भएको चेम्बरले जनाएको छ । यद्यपी आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्ष घोषणा गरिनु दोस्रो चरणको आर्थिक सुधारका लागि आयोग बनाउने विषयहरु सकारात्मक रहेको चेम्बरले उल्लेख गरेको छ । 

    चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “१२ खर्व ६० अर्ब ३० करोड रुपैयाँ राजश्व सङ्कलनको लक्ष्य वर्तमान आर्थिक शिथिलताको अवस्थामा चुनौतीपुर्ण देखिन्छ । कुल बजेटको झण्डै ३० प्रतिशत आन्तरिक ऋण उठाउने लक्ष्यले बजारमा तरलताको अभाव हुन गई दिर्घकालमा अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने देखिन्छ ।” 

    कृषि, पर्यटन, ऊर्जा, सूचनाप्रविधि र उत्पादनमूलक क्षेत्रमा बजेट केन्द्रीत हुनुलाई चेम्बरले सकारात्मक रहेको बताएको छ । 

    आगामी आर्थिक वर्षलाई सूचना प्रविधि दशकको प्रस्थान बर्ष मान्दै आइटी जनशक्तिलाई फेलोसिप र इन्र्टनसिपका सामान्य कार्यक्रमदेखि अत्याधुनिक आइटी–हव निर्माण लगायतका लक्ष्य सकारात्मक रहेको पनि चेम्बरले उल्लेख गरेको छ । 

    यस्तै, कृषिको व्यवसायीकरण र आधुनिकीकरण गरी उत्पादन र उत्पादकत्व वृद्धि, सरकारी, निजी, सहकारी तथा विकास साझेदारबाट कृषिमा लगानी अभिवृद्धि गर्न २०८१ देखि २०९१ सम्मको अवधीलाई कृषि लगानी दशक घोषणा गरिने विषयलाई चेम्बरले सकारात्मक भनेको छ ।  

    आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने गरी पर्यटन प्रर्वद्धन कार्यक्रम घोषणा हुनुलाई सकारात्मक रूपमा लिइएको चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

    आन्तरिक उत्पादन बढाई आयात प्रतिस्थापन र निर्यात वृद्धि गर्न तथा उत्पादनलाई रोजगारीसँग आवद्ध गराउने कार्यक्रमहरू आउनुलाई पनि चेम्बरले  सकारात्मक रुपमा लिएको छ । बैदेशिक रोजगारीबाट फर्किएका नागरिकको ज्ञान, सीप  पुँजी र प्रविधीमार्फत उद्यमशिलता प्रर्वद्धन गरी स्वरोजगार बनाउने विषय बजेटमा उल्लेख गरिनुलाई पनि चेम्बरले सकारात्मक भनेको छ  । 

    आगामी बर्षको बजेटबारे चेम्बर अफ कमर्सको २७ बुँदे धारणा 

    १. आगामी आर्थिक वर्षको  बजेट यथार्थपरक र संयमित आए पनि कार्यान्वयन चुनौतीपूर्ण देखिन्छ ।

    २. आगामी आर्थिक वर्षलाई आर्थिक मन्दीबाट निस्किएर अर्थतन्त्रलाई चलायमान बनाउन ठूलो चूनौती छ ।

    ३. आर्थिक सुधारको वर्ष घोषणा गरिनु, दोस्रो चरणको आर्थिक सुधारका लागि आयोग बनाउने विषयहरू सकारात्मक छन् ।

    ४. राजश्वको लक्ष्य १२ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ वर्तमान आर्थिक शिथिलताको अवस्थामा चुनौती पर्ने देखिन्छ ।

    ५. कुल बजेटको झण्डै ३० प्रतिशत आन्तरिक ऋण उठाउने लक्ष्यले बजारमा तरलताको अभाव हुन गई दिर्घकालमा अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने देखिन्छ । 

    ६. कृषि, पर्यटन, ऊर्जा, सूचना प्रविधि र उत्पादनमूलक क्षेत्रमा बजेट केन्द्रीत हुनु राम्रो पक्ष हो ।

    ७. आगामी आर्थिक वर्षलाई सूचना प्रविधि दशकको प्रस्थानबर्ष मान्दै आईटी जनशक्तिलाई फेलोसिप र इन्र्टनसिपका सामान्य कार्यक्रमदेखि अत्याधुनिक आइटी हव निर्माण लगायतका लक्ष्य सकारात्मक छन् ।

    ८. विगतमा भूतप्रभावी करको व्यवस्थाले उद्यमी व्यवसायीमा धेरै ठूलो निरासा उत्पन्न भइरहेको थियो । विगतमा जस्तो भूतप्रभावी करको व्यवस्था विधेयक मार्फत नगरेको  देखिन्छ । यसले निजी क्षेत्रको मनोबल उकास्ने छ ।

    ९. आलु प्याज लगायतका तरकारी एवं स्याउ लगायतका फलफुलमा लागेको मुल्य अभिवृद्धि कर खारेज हुनु सकारात्मक पक्ष हो ।

    १०. विद्युत प्रसारण लाइन र वितरण कार्यमा निजी क्षेत्र समेत सहभागी हुनेगरी कानुनी प्रवन्ध गरिने विषय सकारात्मक छ । आगाामी आर्थिक वर्षमा ९ सय मेगावाट विद्युत थप गरी राष्ट्रिय प्रणालीमा विद्युत क्षमता ४ हजार ५ सय पु-याउने कुरा सकारात्मक छ । 

    ११. कृषिको व्यवसायीकरण र आधुनिकीकरण गरी उत्पादन र उत्पादकत्व वृद्धि, सरकारी, निजी, सहकारी तथा विकास साझेदारबाट कृषिमा लगानी अभिवृद्धि गर्न २०८१ देखि २०९१ सम्मको अवधीलाई कृषि लगानी दशक घोषणा गरिने विषय सकारात्मक छ ।

    १२. आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने गरी पर्यटन प्रर्वद्धन कार्यक्रम घोषणा हुनु सकारात्मक छ ।

    १३. आन्तरिक उत्पादन बढाई आयात प्रतिस्थापन र निर्यात वृद्धि गर्न तथा उत्पादनलाई रोजगारीसंग आवद्ध गराउने कार्यक्रमहरू आउनु सकारात्मक छ ।

    १४. युवाको उद्यमशील सोँचलाई व्यवसायमा रूपान्तरण गर्न प्रत्येक प्रदेशमा विजनेश इन्क्युबेशन सञ्चालन गरिने, बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जालाई नव प्र्रर्वद्धनमा प्रवाह गर्न प्रोत्साहन गरिने कार्य सकारात्क छन् ।

    १५. कर विवादका कारण भोग्नुपरेका समस्या एवं मर्काका सम्वन्धमा गुनासो आइरहेको सन्र्दभमा कर निर्धारण लगायतका विषयमा अध्ययन गरी समस्या समाधान गरिने विषय सकारात्मक देखिन्छ ।

    १६.तयारी बस्तुको पैठारीमा लाग्ने महसुल भन्दा उद्योगले पैठारी गर्ने कच्चा पदार्थमा लाग्ने महसुल कम्तिमा १ तह कम गरी स्वदेशी उद्योगलाई प्राथमिकता, र प्रश्रय दिन औषधी, इन्डक्सन चुल्हो, धागो, हेल्मेट, अगरवत्ती, सेनेटरी, प्याड, काजु, बदाम, प्रशोधन, स्प्रिङ पत्ता बनाउने लगायतका उद्योगको कच्चा पदार्थमा लागेको पैठारी र अन्तशुल्क घटाईएको विषयहरू सकारात्मक छन् ।

    १७. आयकर छुटको सीमा नबढाइनु बजेटको नकारात्मक पक्ष देखिन्छ । 

    १८. मुल्य अभिवृद्धि करमा दर्ताका लागि बस्तु र सेवाको विभिन्न कारोबारमा हालको थ्रेसहोल्ड वृद्धि गरी ३० लाख पु¥याईएको छ यो सकारात्मक पक्ष हो ।

    १९. बैदेशिक रोजगारीबाट फर्किएका नागरिकको ज्ञान, सीप  पुँजी र प्रविधी मार्फत उद्यमशिलता प्रर्वद्धन गरी स्वरोजगार बनाउने विषय सकारात्मक छ । 

    २०. सहकारीको सञ्चालक र एकाघर परिवारको सदस्यको नाममा रहेको सम्पत्तिको धितो सुरक्षणमा रु. ५ लाखसम्मको बचतकर्ताको रकम फिर्ता दिने कार्य सह्रानिय देखिन्छ ।

    २१. कार्वन उत्सर्जन र न्यूनीकरण तथा बनको दिगो व्यवस्थापनमार्फत घटेको कार्वन उत्र्सजन वा बढेको कार्वन सञ्चितिलाई सरकार आफैँ वा निजी क्षेत्रसँग राष्ट्रिय वा अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने व्यवस्था सकारात्मक छन् ।

    २२. निजी संघसंस्था तथा कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमलाई खेलकुद क्षेत्रसँग आवद्ध गरिनु सकारात्मक देखिन्छ । 

    २३. काठमाडौँ उपत्यका एवं अन्य सम्भाव्य स्थानमा सरकारी र निजी क्षेत्रको सहभागितामा जग्गा विकास गरी विपद प्रतिरोधी र सुपथ मूल्यका ५० हजार आवास इकाइको विकास गरिने विषय सकारात्मक छ । 

    २४. सानो बचतबाट लगानी कम्पनी स्थापना गरी विभिन्न क्षेत्रमा लगानी गर्ने कम्पनीलाई प्रर्वद्धन गर्ने विषय बजेटमा समेटिनुले साना व्यापारीको हितमा बजेट आएको र यसले महिला उद्यमशिलता विकासमा टेवा पुग्ने देखिन्छ ।

    २५. औषधी जस्तो संवेदनशील बस्तु तथा सर्जिकल सामानमा भन्सार बढाएको हुनाले फिर्ता हुनुपर्ने देखिन्छ ।

    २६. भेटेनरी औषधीको आयातमा लागेको भन्सार दर बढाईएकाले सोको कटौटी गर्नुपर्ने देखिन्छ ।

    २५. मदिरा सुर्तीजन्य तथा हानिकारक बाहेक नेपालमा उत्पादन हुने बस्तुहरूको अन्तशुल्क हटाईनुपर्दछ ।

    २६. कागजको भन्सारदर ५ प्रतिशत वृद्धि गर्दा मुद्रण उद्योगलाई नकारात्मक प्रभाव पर्ने देखिन्छ ।

    २७. औषधीय प्रयोजनको लागि गाँजाको व्यवसायिक उत्पादन गर्न कानूनी व्यवस्था गर्ने विषय प्रभावकारी रूपमा कार्यान्वयन गरिनुपर्दछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार