काठमाडौँ / उपभोक्ता मञ्च नेपालले तरकारी र फलफूलमा लाग्दै आएको मूल्य अभिवृद्धि कर हटाउने निर्णयको स्वागत गरेको छ । सरकारले आर्थिक बर्ष २०८१/८२ को बजेटमार्फत तरकारी र फलफूलमा कर हटाउने निर्णय गरेको हो ।
साथै, उपभोक्ता मञ्चले उपभोक्ता अदालतको गठन गर्ने तथा र सो का लागि बजेटसमेत विनियोजन गरिएको भन्दै खुशी व्यक्त गरेको छ ।
उपभोक्ता मञ्च नेपालका प्रवक्ता उज्वलराज गौतमद्वारा जारी विज्ञप्तिमा भएको छ्, “सरकारको यो निर्णयले चर्को महँगीबाट पीडित आम उपभोक्ताहरूलाई केही मात्रामा भए पनि राहत पुग्ने र उपभोक्ता अधिकार तथा हकहित संरक्षणका लागि पुग्ने विश्वास उपभोक्ता मञ्चले लिएको छ ।”