images
images

बजेटबारे एफएनसिसिआइको प्रतिक्रिया : निजीक्षेत्र समेटिएको छ, कार्यान्वयनमा ध्यान दिनुपर्छ

बजेटबारे एफएनसिसिआइको प्रतिक्रिया : निजीक्षेत्र समेटिएको छ, कार्यान्वयनमा ध्यान दिनुपर्छ

मंगलवार, जेठ १५ २०८१
मंगलवार, जेठ १५ २०८१
  • बजेटबारे एफएनसिसिआइको प्रतिक्रिया : निजीक्षेत्र समेटिएको छ, कार्यान्वयनमा ध्यान दिनुपर्छ

    काठमाडौँ / नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई)ले नेपाल सरकारद्वारा आज प्रस्तुत आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटले हरेक क्षेत्रमा निजी क्षेत्रलाई समेटेकोे प्रतिक्रिया दिएको छ ।  महासङ्घका अध्यक्ष चन्द्र ढकालले प्रस्तुत बजेटले हरेक क्षेत्रमा निजीलाई समेटिएको बताए । 

    images
    images

    उनले भने, “नयाँ चरणको आर्थिक सुधारका कार्यक्रम समेटिएको देखिन्छ । आर्थिक विधेयक आएपछि संस्थागत रुपमा भन्न सक्छौँ । कृषि, पर्यटन, ऊर्जा, स्टार्टअप, आइटी क्षेत्रलाई प्राथमिकतामा राखेको देखियो । त्यसलाई सकरात्मक रुपमा लिन सकिन्छ ।” 

    त्यसैगरी महासङ्घकी उपाध्यक्ष ज्योत्सना श्रेष्ठले बजेटमा निजी क्षेत्रलाई समावेश गरिएपनि कार्यान्वयन पक्षमा ध्यान दिनुपर्ने बताइन् । 

    बजेट सरसर्ती हेर्दा नकारात्मक प्रतिक्रिया दिनुपर्ने नभएको व्यापारी दीपक मल्होत्राको धारणा छ ।

    नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले बजेट सन्तुलित आएको प्रतिक्रिया दिएका छन् । उनले निजी क्षेत्रलाई चाप नपर्ने गरी  बजेट आएको बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार