images
images

मर्यादित महिनावारी बनाउन घरपरिवारबाटै सुरुवात गर्नुपर्छ: मन्त्री चौधरी

मर्यादित महिनावारी बनाउन घरपरिवारबाटै सुरुवात गर्नुपर्छ: मन्त्री चौधरी

मंगलवार, जेठ १५ २०८१
मंगलवार, जेठ १५ २०८१
  • मर्यादित महिनावारी बनाउन घरपरिवारबाटै सुरुवात गर्नुपर्छ: मन्त्री चौधरी

    ललितपुर / महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मर्यादित बनाउन घरपरिवारबाटै सुरुवात गर्नुपर्ने बताएकी छन् ।

    अन्तर्राष्ट्रिय महिनावारी दिवसको सन्दर्भमा आयोजना गरिएको महिनावारी मैत्री विश्व कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन् । मर्यादित महिनावारी बनाउनका निम्ति महिला मन्त्रालयले निर्देशिका पनि बनाएको भन्दै उनले तर त्यसलाई यथोचित रूपमा राज्यका सबै निकाय, सबै क्षेत्रमा लागू भएको अवस्था नरहेको बताइन् । 

    सामुदायिक विद्यालय, कलेजहरूमा यी कुराको विशेष ध्यान दिइनुपर्ने भन्दै उनले महिनावारी प्राकृतिक प्रक्रिया भएकाले यसलाई कुनै पाप वा गलत कुराको रूपमा लिने प्रवृत्तिको अन्त्य गर्नका निम्ति सचेतनाका कार्यक्रम बढाउनुपर्ने बताइन् । 

    यो प्राकृतिक प्रक्रिया हो । यसलाई कसरी हुन्छ सुरक्षित र सरसफाइमा विशेष ख्याल गर्नुपर्छ’, मन्त्री चौधरीले भनिन्, ‘कतिपय ठाउँहरूमा छोरीहरूलाई महिनावारीको बेला घरबाहिर राख्ने प्रवृत्ति छ । घरपरिवारको मुख हेर्न नदिने, भान्सामा जान नदिने जस्ता कुराहरू छन् ।त्यसलाई हामीले जनचेतना फैलाउँदै यो कुरा गलत होइन यो प्राकृतिक प्रक्रिया हो घरभित्रै राख्नुपर्छ भन्ने ढङ्गले हामीले जनचेतना फैलाउन आवश्यक छ ।’

    कुरीतिहरूलाई चिर्नका लागि यस्ता अभियानहरूले गलत मान्यताहरूलाई परिवर्तन गर्न मद्दत पुग्ने भन्दै उहाँले नागरिक समाज जस्ता संस्थाहरूको महत्त्वपूर्ण भूमिका रहने उनले बताइन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार