images
images

प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि १० करोड बजेट, सातै प्रदेशमा सुविधा सम्पन्न वृद्धाश्रम स्थापना गरिने

प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि १० करोड बजेट, सातै प्रदेशमा सुविधा सम्पन्न वृद्धाश्रम स्थापना गरिने

मंगलवार, जेठ १५ २०८१
मंगलवार, जेठ १५ २०८१
  • प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि १० करोड बजेट, सातै प्रदेशमा सुविधा सम्पन्न वृद्धाश्रम स्थापना गरिने

    काठमाडौँ / सरकारले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि १० करोड रुपैयाँ बजेट छुट्याएको छ । आगामी आर्थिक बर्ष २०८१/८२ का लागि बजेट घोषणा गर्द अर्थमन्त्री बर्षमान पुनले छोरीलाई रोजगारमूलक बनाउन कार्यक्रम ल्याउनका लागि सो बजेट छुट्याइएको बताए ।

    images
    images

    साथै, उनले आगामी बर्ष युवा महिला राष्ट्रिय सम्मेलनको आयोजना गर्ने घोषणा गरेका छन् । त्यस्तै, राष्ट्रपति महिला शसक्तिकरण कार्यक्रमलाई पुनर्संरचना गरी आर्थिक शसक्तिकरणका कार्यक्रम सञ्चालन गरिने अर्थमन्त्री पुनले बताए । 
     
    अर्थमन्त्री पुनले आगामी आर्थिक बर्ष महिला लागनी बर्ष घोषणा गरेका छन् । त्यस्तै, सरकारले आगामी बर्ष ‘हाम्रा बाआमा, हाम्रो जिम्मेवारी अभियान ’सञ्चालन गरिने उनले जानकारी दिए । 

    स्थानीय तहमा जेष्ठ नागरिक मिलन केन्द्र विस्तार गरिने, सातै प्रदेशमा सुविधा सम्पन्न वृद्धाश्रम स्थापना गरिने सरकारको योजना रहेको उनले बताए । सरकारले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका लागि १ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार