images
images

कृषि बीमाका लागि १ अर्ब ६५ करोड अनुदान दिने सरकारको घोषणा

कृषि बीमाका लागि १ अर्ब ६५ करोड अनुदान दिने सरकारको घोषणा

मंगलवार, जेठ १५ २०८१
मंगलवार, जेठ १५ २०८१
  • कृषि बीमाका लागि १ अर्ब ६५ करोड अनुदान दिने सरकारको घोषणा
    images
    images

    काठमाडौँ / सरकारले कृषि बीमाका लागि १ अर्ब ६५ करोड अनुदानको व्यवस्था गर्ने भएको छ।

    आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले बजेटमा कृषि बीमाका लागि अनुदानको व्यवस्था गरिएको जानकारी गराएका हुन्।

    ‘साना किसानको बाली तथा पशुपन्छी बीमाका लागि सरकारले प्रिमियम रकममा अनुदान प्रदान गर्न १ अर्ब ६५ करोड बजेट छुट्याएको छु’, उनले भने।

    कृषि बीमामा सरकारले प्रिमियम रकममा ८० प्रतिशतसम्म अनुदान दिँदै आएको छ। केही वर्षदेखि सञ्चालनमा रहेको कृषि बीमा कार्यक्रमअन्तर्गत सरकारले करिब ३ अर्ब अनुदान रकम भुक्तानी गर्न बाँकी छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार