images
images

स्टार्टअप बोर्ड गठन गरिने, १ अर्बको स्टार्टअप कोष खडा गर्ने अर्थमन्त्रीको घोषणा

स्टार्टअप बोर्ड गठन गरिने, १ अर्बको स्टार्टअप कोष खडा गर्ने अर्थमन्त्रीको घोषणा

मंगलवार, जेठ १५ २०८१
मंगलवार, जेठ १५ २०८१
  • स्टार्टअप बोर्ड गठन गरिने, १ अर्बको स्टार्टअप कोष खडा गर्ने अर्थमन्त्रीको घोषणा
    images
    images

    काठमाडौँ / सरकारले १ अर्बको स्टार्टअप कोष खडा गर्ने अर्थमन्त्रीको घोषणा गरेको छ । आगामी आर्थिक बर्ष २०८१/८२ का लागि बजेट घोषणा गर्द अर्थमन्त्री बर्षमान पुनले स्टार्टअप बोर्ड गठन गरिने तथा १ अर्बको स्टार्टअप कोष खडा गर्ने घोषणा गरेका हुन् । 

    साथै उनले उद्यममा युवा सहभागिता बढाउन स्टार्टअप र नबप्रवद्र्धनका इकोसिस्टम विकास गरी उद्यमशील वातावरण सिर्जना गरिने बताए । 
    उनले भने, “स्टार्टअप उद्यमीलाई सहजीकरण र नियमन गर्न स्टार्टअप बोर्ड गठन गरिनेछ । स्टार्टअप उद्यमीको वित्तीय आवश्यकता सम्बोधन गर्न १ अर्बको नेपाल स्टार्टअप कोष खडा गरेको छु ।”
     
    युवाको उद्यमशील सोचलाई व्यवसायमा रुपान्तरण गर्न प्रत्येक प्रदेशमा बिजनेस इन्कोभेन्सन सेन्टरको व्यवस्था गरिनेछ । बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा नवप्रवर्तनमा प्रवाह गर्न प्रोत्साहित गर्ने सरकारको योजना छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार