काठमाडौँ / सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा १६ लाख पर्यटक भित्र्याउने घोषणा गरेको छ ।
सन् २०२३ का लागि १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको सफलता मिलेसँगै उत्साहित भएको सरकारले आउँदो वर्ष १६ लाखको महत्वकांक्षी लक्ष्य राखेको हो ।
यसका लागि आवश्यक पर्यटन प्रवर्द्धनका कार्यक्रमहरू अघि बढाइने अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत जानकारी दिए ।