images
images

बागमती प्रदेशको अर्थतन्त्र व्यापारमा निर्भर, अन्य प्रदेशमा कुन क्षेत्रको योगदान कति ?

बागमती प्रदेशको अर्थतन्त्र व्यापारमा निर्भर, अन्य प्रदेशमा कुन क्षेत्रको योगदान कति ?

औद्योगिक वर्गीकरण अनुसारको आर्थिक क्रियाकलापलाई हेर्दा गत आर्थिक बर्ष र यस आर्थिक बर्षमा बागमती प्रदेश बाहेक सबै प्रदेशमा कृषि क्षेत्रको योगदान सबैभन्दा बढी देखिएको हो ।

बिहिवार, जेठ १० २०८१
बिहिवार, जेठ १० २०८१
  • बागमती प्रदेशको अर्थतन्त्र व्यापारमा निर्भर, अन्य प्रदेशमा कुन क्षेत्रको योगदान कति ?
    images
    images

    काठमाडौँ / राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको प्रदेश लेखा तथ्याङ्क अनुसार नेपालका ७ प्रदेशमध्ये ६ प्रदेशको अर्थतन्त्र कृषिमा निर्भर रहेको पाइएको छ ।

    औद्योगिक वर्गीकरण अनुसारको आर्थिक क्रियाकलापलाई हेर्दा गत आर्थिक बर्ष र यस आर्थिक बर्षमा बागमती प्रदेश बाहेक सबै प्रदेशमा कृषि क्षेत्रको योगदान सबैभन्दा बढी देखिएको हो । यता, बागमती प्रदेशमा भने थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान सबैभन्दा बढी देखिएको छ ।

    चालू आवमा राष्ट्रिय तहमा दोस्रो हिस्सा ओगटेको व्यापार क्षेत्रले मधेश प्रदेशमा पनि दोस्रो हिस्सा नै ओगट्ने अनुमान सार्वजनिक गरेको छ । त्यसैगरी, बागमतीमा घरजग्गासम्बन्धी कारोबार तथा आफ्नै आवास सेवाको हिस्सा दोस्रो स्थानमा छ । 

    कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सार्वजनिक प्रशासन र रक्षा क्षेत्रको योगदान दोस्रो स्थानमा रहेको देखिन्छ । वृद्धिदरका हिसाबले आवास तथा भोजन सेवाको सबैभन्दा धेरै रहने अनुमान छ । लुम्बिनी प्रदेशबाहेक अन्य सबै प्रदेशको सबैभन्दा धेरै वृद्धिदर यही क्षेत्रको रहने कार्यालयको भनाइ छ । 

    लुम्बिनी प्रदेशमा विद्युत क्षेत्रको वृद्धिदर सबैभन्दा धेरै देखिन्छ । त्यसैगरी, सुदूरपश्चिम र कोशी प्रदेशमा उद्योग क्षेत्रको वृद्धिदर सबैभन्दा न्यून देखिन्छ । अन्य प्रदेशमा निर्माण क्षेत्रको वृद्धिदर सबैभन्दा न्यून देखिन्छ । 

    निर्माण क्षेत्रको वृद्धिदर सबै प्रदेशमा ऋणात्मक देखिन्छ भने उत्पादनमूलक उद्योग क्षेत्रको वृद्धिदर कर्णाली प्रदेश बाहेक अन्य प्रदेशमा ऋणात्मक देखिन्छ । राष्ट्रिय तहमा पनि यी दुई क्षेत्रको वृद्धिदर ऋणात्मक रहने प्रारम्भिक अनुमान कार्यालयको गरेको छ ।

    data.jpg

    कोशीमा कृषिको वृद्धिदर ३३ प्रतिशत

    कोशी प्रदेशमा चालु आर्थिक बर्षमा उपभोक्ता मूल्यमा कुल गार्हस्थ्य उत्पादन करिब ९ खर्ब ३ अर्ब रुपैयाँ रहने संशोधित अनुमान गरिएको छ । चालू आवमा यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा १५.८४ प्रतिशत योगदान र्पुयाउने प्रारम्भिक अनुमान गरिएको छ । त्यसैगरी, यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर चालू आवमा ३.५१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । 

    चालू आवमा यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै (३२.८० प्रतिशत) योगदान कृषि, वन तथा मत्स्य क्षेत्रको रहने र सबैभन्दा न्यून (०.३२ प्रतिशत) योगदान प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहने प्रारम्भिक अनुमान छ । कोशी प्रदेशमा क्षेत्रगत रूपमा हेर्दा चालू आवका लागि कुल मूल्य अभिवृद्धिको वृद्धिदर सबैभन्दा धेरै २२.३२ प्रतिशत आवास तथा भोजन सेवा क्षेत्रको र सबैभन्दा थोरै २.६७ प्रतिशत उत्पादनमुलक उद्योग क्षेत्रको हुने प्रारम्भिक अनुमान गरिएको छ।

    मधेश प्रदेशको सबैभन्दा न्यून योगदान खानी तथा उत्खनन् क्षेत्रमा 

    मधेश प्रदेशमा चालु आर्थिक बर्षमा उपभोक्ता मूल्यमा कुल गार्हस्थ्य उत्पादन करिब ७ खर्ब ४८ अर्ब रुपैयाँ रहने संशोधित अनुमान गरिएको छ । चालू आवमा यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा १३.१२ प्रतिशत योगदान र्पुयाउने प्रारम्भिक अनुमान गरिएको छ । त्यसैगरी, यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर चालू आवमा ३.७८ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । 

    चालू आवमा मधेश प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै (३५.१९ प्रतिशत) योगदान कृषि, वन तथा मत्स्य क्षेत्रको रहने र सबैभन्दा न्यून (०.१५ प्रतिशत) योगदान खानी तथा उत्खनन् क्षेत्रको रहने प्रारम्भिक अनुमान छ । यस्तै, यस प्रदेशमा क्षेत्रगत रूपमा हेर्दा चालू आवका लागि कुल मूल्य अभिवृद्धिको वृद्धिदर सबैभन्दा धेरै २१.९५ प्रतिशत आवास तथा भोजन सेवा क्षेत्रको र सबैभन्दा थोरै २.१९ प्रतिशत निर्माण क्षेत्रको हुने प्रारम्भिक अनुमान गरिएको छ । 

    बागमतीमा थोक तथा खुद्रा व्यापार योगदान सबैभन्दा धेरै

    बागमती प्रदेशमा चालु आर्थिक बर्षमा उपभोक्ता मूल्यमा कुल गार्हस्थ्य उत्पादन करिब २० खर्ब ७५ अर्ब रुपैयाँ रहने संशोधित अनुमान गरिएको छ । चालू आवमा यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा ३६.३६ प्रतिशत योगदान र्पुयाउने प्रारम्भिक अनुमान गरिएको छ । त्यसैगरी, यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर चालू आवमा ३।९६ प्रतिशत हुने प्रारम्भिक अनुमान छ ।

    चालू आवमा यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै (२१.५३ प्रतिशत) योगदान थोक तथा खुद्रा व्यापार, मोटर भेहिकल मर्मत क्षेत्रको रहने र सबैभन्दा न्यून (०.२८ प्रतिशत) योगदान पानी आपूर्ति तथा फोहर व्यवस्थापन क्षेत्रको रहने प्रारम्भिक अनुमान छ । यस प्रदेशमा क्षेत्रगतरूपमा हेर्दा चालू आवका लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै (२०.९३ प्रतिशत) आवास तथा भोजन सेवा क्षेत्रको र सबैभन्दा थोरै (२.७१ प्रतिशत) निर्माण क्षेत्रको हुने प्रारम्भिक अनुमान गरिएको छ ।

    गण्डकीमा कृषि क्षेत्रको योगदान २५.७२ प्रतिशत

    गण्डकी प्रदेशमा चालु आर्थिक बर्षमा उपभोक्ता मूल्यमा कुल गार्हस्थ्य उत्पादन करिब ५ खर्ब १७ अर्ब रुपैयाँ रहने संशोधित अनुमान गरिएको छ ।चालु आवमा यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा ०.०६ प्रतिशत योगदान र्पुयाउने प्रारम्भिक अनुमान गरिएको छ । त्यसैगरी, यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर चालू आवमा ४.५५ प्रतिशत हुने अनुमान गरिएको छ ।

    चालू आवमा गण्डकी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै (२५.७२ प्रतिशत) योगदान कृषि, वन तथा मत्स्य क्षेत्रको रहने र सबैभन्दा न्यून (०.३१ प्रतिशत) योगदान प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहने प्रारम्भिक अनुमान छ । यस प्रदेशमा क्षेत्रगत रूपमा हेर्दा चालू आवका लागि कुल मूल्य अभिवृद्धिको वृद्धिदर सबैभन्दा धेरै (२२.८४ प्रतिशत) आवास तथा भोजन सेवा क्षेत्रको र सबैभन्दा थोरै (१.९६ प्रतिशत) निर्माण क्षेत्रको हुने प्रारम्भिक अनुमान गरिएको छ । 

    लुम्बिनीमा विद्युत क्षेत्रको वृद्धिदर २८.९३ प्रतिशत

    लुम्बिनी प्रदेशमा चालु आर्थिक बर्षमा उपभोक्ता मूल्यमा कुल गार्हस्थ्य उत्पादन करिब ८ खर्ब १४ अर्ब रुपैयाँ रहने संशोधित अनुमान गरिएको छ । चालू आवमा यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा १४.२६ प्रतिशत योगदान र्पुयाउने प्रारम्भिक अनुमान गरिएको छ । त्यसैगरी, यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर चालू आवमा ४.०५ प्रतिशत हुने प्रारम्भिक अनुमान छ ।

    चालू आवमा लुम्बिनी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै (२९.६३ प्रतिशत) योगदान कृषि, वन तथा मत्य क्षेत्रको रहने र सबैभन्दा न्यून (९०.३४ प्रतिशत) योगदान प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहने प्रारम्भिक अनुमान रहेको छ । यस प्रदेशमा क्षेत्रगत रूपमा हेर्दा चालू आवका लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै (२८.९३ प्रतिशत) विद्युत क्षेत्रको र सबैभन्दा थोरै (१.४३ प्रतिशत) उत्पादनमूलक उद्योग क्षेत्रको हुने प्रारम्भिक अनुमान गरिएको छ। 

    कर्णालीमा कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै योगदान कृषिको 

    कर्णाली प्रदेशमा चालु आर्थिक बर्षमा उपभोक्ता मूल्यमा कुल गार्हस्थ्य उत्पादन करिब २ खर्ब ४४ अर्ब रुपैयाँ रहने संशोधित अनुमान गरिएको छ । चालू आवमा यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा ४.२८ प्रतिशत योगदान र्पुयाउने प्रारम्भिक अनुमान गरिएको छ । त्यसैगरी, यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर चालू आवमा ३.३९ प्रतिशत हुने प्रारम्भिक अनुमान छ । 

    चालू आवमा कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै (२९.५१ प्रतिशत) योगदान कृषि, वन तथा मत्स्य क्षेत्रको रहने र सबैभन्दा न्यून (०.१७ प्रतिशत) योगदान प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहने प्रारम्भिक अनुमान छ । यस प्रदेशमा क्षेत्रगतरूपमा हेर्दा चालू आवका लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै (२२.५२ प्रतिशत) आवास तथा भोजन सेवा क्षेत्रको र सबैभन्दा थोरै (१.०२ प्रतिशत) निर्माण क्षेत्रको हुने प्रारम्भिक अनुमान गरिएको छ । 

    सुदुरपश्चिममा उत्पादनमुलक उद्योग क्षेत्रको वृद्धिदर १.८२ प्रतिशत

    सुदुरपश्चिम प्रदेशमा चालु आर्थिक बर्षमा उपभोक्ता मूल्यमा कुल गार्हस्थ्य उत्पादन करिब ४ खर्ब ४ अर्ब रुपैयाँ रहने संशोधित अनुमान गरिएको छ । चालू आवमा यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा ७.०९ प्रतिशत योगदान र्पुयाउने प्रारम्भिक अनुमान गरिएको छ । त्यसैगरी, यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर चालू आवमा ३.१ प्रतिशत हुने प्रारम्भिक अनुमान छ । 

    चालू आवमा सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै (३३ प्रतिशत) योगदान कृषि, वन तथा मत्स्य क्षेत्रको रहने र सबैभन्दा न्यून (०.१३ प्रतिशत) योगदान प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहने प्रारम्भिक अनुमान छ । यस प्रदेशमा क्षेत्रगतरूपमा हेर्दा चालू आवका लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै (२२.३३ प्रतिशत) आवास तथा भोजन सेवा क्षेत्रको र सबैभन्दा थोरै (१.८२ प्रतिशत) उत्पादनमुलक उद्योग क्षेत्रको हुने प्रारम्भिक अनुमान गरिएको छ ।

    1.JPG

    प्रतिव्यक्ति आम्दानी बागमतीमा सबैभन्दा धेरै मधेशमा कम 

    चालु आर्थिक बर्ष २०८०/८१ मा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन सबैभन्दा धेरै बागमती प्रदेशको हुने प्रारम्भिक अनुमान रहेको छ । प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन बागमती प्रदेशको २ हजार ४ सय ८४ अमेरिकी डलर रहने अनुमान छ ।

    यस्तै, सबैभन्दा थोरै मधेश प्रदेशको रहने अनुमान छ । चालु आर्थिक बर्षमा मधेश प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन  ८ सय ९२ हुने प्रारम्भिक अनुमान छ  ।

    त्यसैगरी, गण्डकी प्रदेशको १ हजार ५ सय ५७ डलर, कोशीको एक हजार ३ सय ३६, लुम्बिनी प्रदेशको १ हजार १ सय ५९, सुदूरपश्चिम प्रदेशको १ हजार १ य ११ र कर्णाली प्रदेशको १ हजार ६६ हुने प्रारम्भिक अनुमान छ  ।

    यस्तै, चालू आवमा राष्ट्रिय तहमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १ हजार ४ सय ३४ डलर हुने प्रारम्भिक अनुमान गरिएको छ । यस हिसाबले बागमती र गण्डकी प्रदेशबाहेक अन्य प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन राष्ट्रिय औसतभन्दा कम रहेको देखिन्छ ।

    प्रादेशिक प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन

    2 (2).JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार