images
images

प्रधानमन्त्री प्रचण्डसँग छैन ऋण, सवारी साधन, कृषि र पशुधन, कहाँ कति छ सम्पत्ति ? (सम्पत्ति विवरण)

प्रधानमन्त्री प्रचण्डसँग छैन ऋण, सवारी साधन, कृषि र पशुधन, कहाँ कति छ सम्पत्ति ? (सम्पत्ति विवरण)

मंगलवार, जेठ ८ २०८१
मंगलवार, जेठ ८ २०८१
  • प्रधानमन्त्री प्रचण्डसँग छैन ऋण, सवारी साधन, कृषि र पशुधन, कहाँ कति छ सम्पत्ति ? (सम्पत्ति विवरण)

    काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै ऋण, सवारी साधन, कृषि तथा पशुधन नरहेको उल्लेख गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरणमा उनले पैतृक सम्पत्ति, अंशबाट प्राप्त जग्गा र नगद २५ लाख रुपैयाँ मौज्दात मात्रै रहको उल्लेख गरेका हुन् ।  

    images
    images

    चितवन जिल्लाको भरतपुर महानगरपालिकामा १४ कठ्ठाको घरघडेरी, पाँच तोला सुन र २५ लाख नगद मौज्दात रहेको देखिएको छ । 

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री प्रचण्डसँग पैतृक सम्पत्तिबाहेक २५ लाख रुपैयाँ नगद मौज्दात रहेको देखिएको हो । 

    प्रधानमन्त्री ‘प्रचण्ड’सँग स्वर्गीय पत्नी सीता दाहालको नाममा भरतपुर महानगरपालिका वडा नम्बर १४ मा १४ कट्ठाको पार्किङसहितको घर घडेरी र वडा नम्बर १२ मा १ कट्ठा जग्गा रहेको उल्लेख गरिएको छ। 

    पत्नी सीता दाहालको नाममै रहेको उक्त जग्गा भने अंशबाट प्राप्त भएको जनाइएको छ।त्यस्तै, प्रधानमन्त्री प्रचण्डसँग पाँच तोला सुन रहेको र उक्त सम्पत्ति पनि पैतृक सम्पत्ति रहेको उल्लेख गरिएको छ।

    प्रधानमन्त्री प्रचण्डसँग एभरेष्ट बैङ्क लिमिटेड, सिंहदरबारको खातामा २५ लाख नगद मौज्दात रहेको उल्लेख गरिएको छ।

    undefinedundefinedundefined

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार