काठमाडौँ / नेपाली बजारमा आज सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूलयसूची अनुसार आज स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा नौ सय रुपैयाँले वृद्धि भएको जनाएको हो ।
यस अघि जेठ ६ गते आइतबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ४० हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।
महासंघका अनुसार छापावाला सुन आइतबार एक लाख ४० हजार नौ सय रुपैयाँमा कारोबार भएकामा आजका लागि एक लाख ४१ हजार आठ सय रुपैयाँ निर्धारण गरिएको छ ।
यस्तै, तेजाबी सुन आइतबार एक लाख ४० हजार दुई सय रुपैयाँमा कारोबार भएकामा आजका लागि एक लाख ४१ हजार एक सय रुपैयाँ निर्धारण गरिएको महांघले जनाएको छ ।
चाँदीको मूल्य पनि आज तोलामा ३० रुपैयाँले वृद्धि भएको छ । आइतबार एक हजार नौ सय १० रुपैयाँमा कारोबार भएकामा आजका लागि एक हजार नौ सय ४० रुपैयाँ निर्धारण भएको छ ।