images
images

देशको आर्थिक समस्याबारे सरकार गम्भीर हुनुपर्छ  :  अध्यक्ष लिङ्देन

देशको आर्थिक समस्याबारे सरकार गम्भीर हुनुपर्छ  :  अध्यक्ष लिङ्देन

सोमवार, जेठ ७ २०८१
सोमवार, जेठ ७ २०८१
  • देशको आर्थिक समस्याबारे सरकार गम्भीर हुनुपर्छ  :  अध्यक्ष लिङ्देन

    काभ्रेपलाञ्चोक / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकारले आर्थिक समस्या बल्झदै जाँदा गम्भीर रूपमा छानबिन गरी भ्रष्टाचारको न्यूनीकरणमा नलागेको आरोप लगाएका छन् । 

    images
    images

    राप्रपा काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिद्वारा धुलिखेलमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विशेषगरी सहकारीमा संलग्नको छानबिन गरी ‘राम्रालाई राम्रो र नराम्रोलाई कारबाहीको दायरामा’ ल्याएको भए अहिलेको अवस्था सिर्जना हुने थिएन भने । 

    “सरकारले आर्थिक रुपमा देशलाई ओरालोतर्फ लाउनेलाई गम्भीरतापूर्वक हेरेन, अब आर्थिक पक्षलाई सबल नबनाए देश गम्भीर मोडतर्फ जानसक्छ”, अध्यक्ष लिङ्देनले भने । 

    उनले सरकारले भ्रष्टाचारीलाई उम्कन नपाउने मान्यता स्थापित गर्नुपर्नेमा जोड दिए । 

    युवावर्ग विदेशमा अध्ययन वा अन्य बहानामा रगत–पसिना बगाउन जाने लहरले देशको जनशक्ति पलायन भएकामा उनले दुःखेसो पोखे । 

    सरकार जनताको समस्याभन्दा आफ्नो समस्यातर्फ केन्द्रित भइरहेको उनको धारणा थियो । अध्यक्ष लिङ्देनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अझ सशक्त बन्न आग्रह गरे । 

    “मैले अन्तरमनदेखि भनेको कुरा हो, भ्रष्टाचार गरी आफ्नो आमाको रगत खानुसरह हो, मैले एक रुपैयाँ पनि भ्रष्टाचार गरेको छैन, गरे भने मलाई मृत्युदण्ड दिए पनि हुन्छ”, उनले भने । 

    कार्यक्रममा राप्रपाका सहमहामन्त्री विजय खड्का, केन्द्रीय सदस्यद्वय उदय मुस्याजू र गणेशलाल श्रेष्ठले पार्टीमा नवआगन्तुकलाई शुभकामना व्यक्त गरेका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार