images
images

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना, तीन करोड सङ्कलन गर्ने लक्ष्य

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना, तीन करोड सङ्कलन गर्ने लक्ष्य

शुक्रवार, जेठ ४ २०८१
शुक्रवार, जेठ ४ २०८१
  • इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना, तीन करोड सङ्कलन गर्ने लक्ष्य

    काठमाडौँ / स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति अनुसन्धान र जग्गा खरिद तथा भवन निर्माण कोष स्थापना गरेको छ । खोज र अनुसन्धानमूलक कार्यद्वारा इप्पानलाई ‘थिङ्क ट्याङ्क’को रूपमा विकास गर्न तथा आफ्नै भवनबाट सस्थाका गतिविधि सञ्चालन गर्ने उद्देश्यसहित कोष स्थापना गरिएको हो ।

    images
    images

    शुक्रबार काठमाडौँमा भएको इप्पानको २२औँ साधारणसभाबाट दुवै कोष स्थापनाको निर्णय पारित भएसँगै औपचारिक रूपमा दुवै कोष स्थापना भएको इप्पानका कोषाध्यक्ष नरेन्द्र बल्लभ पन्तले जानकारी दिए। 

    “दूरगामी रूपमा प्रभाव पार्ने खालका दुईवटा कोषहरूको दूरदृष्टि, उद्देश्य र प्रस्तावित कार्ययोजनासहित कोष स्थापना गरिएको छ, यसले सदस्यहरूलाई सङ्गठित गर्ने, नीतिगत र कार्यक्रमगत लबिङ गर्ने तथा विभिन्न खोज, अनुसन्धान गर्ने कामहरू अघि बढ्नेछन्”, उनले भने ।

    उनका अनुसार इप्पान सम्पूर्ण ऊर्जा क्षेत्रको नेतृत्वदायी सङ्गठन भएकाले सम्बन्धित क्षेत्रमा अध्ययन गरी आवश्यक तथ्याङ्क, जानकरी, राष्ट्रिय र अन्तर्राष्ट्रिय मानक र विश्लेषणहरू संस्थागत रूपमा सङ्कलन गर्ने उद्देश्यले यो कोष स्थापना गरिएको हो ।

    रु तीन करोड सङ्कलन गर्ने लक्ष्यसहित स्थापना गरिएको कोषको छुट्टै कार्यविधि बनाई अघि बढ्ने लक्ष्य इप्पानको छ । ऊर्जा प्रवर्द्धक कम्पनी, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था र निकायहरूबाट रकम सङ्कलन गर्ने लक्ष्य राखिएको कोषको रकमबाट ऊर्जासँग सम्बन्धित विभिन्न अध्ययन, अनुसन्धान र प्राज्ञिक कार्य गर्ने लक्ष्य लिइएको छ ।

    इप्पानले ऊर्जा क्षेत्रले, सामाजिक, कुल ग्राहस्थ उत्पादन (जिडीपी), बैंक तथा वित्तीय संस्थाले ऊर्जामा गरेको लगानीको अवस्था, ऊर्जाले रोजगारी सिर्जनामा पुर्याएको योगदान, ऊर्जा आयोजनामा सर्वसाधारणको सेयर लगानीको अवस्था, निर्माण सम्पन्न र निर्माणाधीन आयोजनाहरूमा देखिएका समस्याहरूको पहिचानसहित ऊर्जासँग सम्बन्धित तथ्य, तथ्याङ्क र सामग्री प्रकाशनलगायतका कार्य गर्ने लक्ष्य राखेको छ ।

    कार्यक्रममा सम्मानित  पूर्वऊर्जासचिव सुमन शर्माले आफूले ऊर्जा ज्योति सम्मानवापत पाएको रु एक लाखमा थप एक लाखसहित रु दुई लाख दिने घोषणा गरेका छन् । 

    यसैगरी यस कोषमा इप्पान सदस्य टीएन आचार्यले ‘भिजन इनर्जी’को तर्फबाट रु एक लाख प्रदान गर्ने घोषणा गरेका छन् । उनले भवन निर्माण कोषमा पनि रु एक लाख  दिने घोषणा गरे । 

    यसैगरी पाँच वर्षभित्र आफ्नै जग्गा खरिद गरेर भवन निर्माण गर्ने लक्ष्यसहित स्थापना गरिएको जग्गा तथा भवन निर्माण कोषका लागि छुट्टै कार्यविधि र भवन निर्माण समिति गठन गरिने कोषाध्यक्ष पन्तले जानकारी दिए । 

    “संस्स्थाको सदस्य सङ्ख्या ऊर्जा क्षेत्रमा भएको महत्त्वपूर्ण लगानी, सरकारले यसलाई दिएको प्राथमिकता र दीर्घकालीन रणनीतिक वस्तु भएको सन्दर्भमा यसको नेतृत्वदायी संस्था इप्पानको आफ्नै भवन बनाउनु आवश्यकता रहेकाले कोष स्थापना गरेका हौँ”, उनले भने।

    भवन निर्माणका लागि यसअघि इप्पान पूर्वअध्यक्ष डा सुवर्णदास श्रेष्ठले रु दुई लाख तथा अन्य विभिन्न स्रोतबाट जम्मा नभएको रु ३४ लाखसमेत यसै कोषमा राखिने इप्पानले जनाएको छ । 

    भवन निर्माणका लागि शुक्रबारको वार्षिक साधारणसभामा इप्पान सदस्य कुवेरमणि नेपालले आफ्नो जलविद्युत् कम्पनीबाट रु दुई लाख, नवीन सिलवालले ठूलो खोला र टक्सार जलविद्युत् कम्पनीबाट रु दुई लाख र इप्पान सदस्य टीएन आचार्यले भिजन इनर्जीको तर्फबाट रु एक लाख भवन निर्माणका लागि सहयोगको घोषणा गरिसकेका छन् । 

    इप्पान अध्यक्ष गणेश कार्कीले कार्यविधि बनाएपछि इप्पान पदाधिकारी र कार्यसमितिबाट दुवै कोषमा सहायता सङ्कलन गर्नुका साथै सबै ऊर्जा प्रवर्द्धक कम्पनीहरूबाट सहायता लिएर अध्ययन, अनुसन्धान तथा भवन निर्माणको कार्य अघि बढाउने बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार