images
images

द्विपक्षीय सम्बन्धको भविष्यलाई सुदृढ बनाउन पुटिनसँग सहकार्य गर्न चिनियाँ सी तयार

द्विपक्षीय सम्बन्धको भविष्यलाई सुदृढ बनाउन पुटिनसँग सहकार्य गर्न चिनियाँ सी तयार

बिहिवार, जेठ ३ २०८१
बिहिवार, जेठ ३ २०८१
  • द्विपक्षीय सम्बन्धको भविष्यलाई सुदृढ बनाउन पुटिनसँग सहकार्य गर्न चिनियाँ सी तयार

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको बेइजिङ आगमनपछि चिनियाँ राष्ट्रपति सी जिनपिङले दुई देशबीचको द्विपक्षीय सम्बन्धको भविष्यलाई सुदृढ बनाउन संयुक्तरूपमा काम गर्ने इच्छा व्यक्त गरेका छन् । 

    images
    images

    बेइजिङस्थित ग्रेट हल अफ द पिपलमा भएको बृहत् वार्ताका क्रममा चिनियाँ राष्ट्रपतिले दुई पक्षले कूटनीतिक सम्बन्धको ७५औँ वार्षिकोत्सवलाई नयाँ सुरुआतका रूपमा लिनुपर्ने, विकास रणनीतिमा थप समन्वय गर्नुपर्ने र द्विपक्षीय सहयोगलाई समृद्ध बनाउने पहल जारी राख्नुपर्ने बताए । 

    सिन्ह्वाले रिपोर्ट गरेअनुसार राष्ट्रपति जिनपिङले दुई देशबीच सहकार्यका लागि विभिन्न क्षेत्रमा नयाँ योजना बनाउन तयार रहेको बताए । 

    राष्ट्रपति जिनपिङले यस वर्ष चीनको स्थापनाको ७५औँ वार्षिकोत्सव भएको उल्लेख गर्दै देशले सबै मोर्चामा चिनियाँ आधुनिकीकरणलाई अगाडि बढाइरहेको र उच्च गुणस्तरको विकासको माध्यमबाट नयाँ उत्पादक शक्तिहरूलाई बढावा दिन द्रुत गतिमा अघि बढिरहेको बताए । 

    उनले चीन र रुस दुवै संयुक्त राष्ट्र सुरक्षा परिषद् र प्रमुख उदीयमान बजारका स्थायी सदस्य रहेको कुरामा जोड दिए । 

    सिन्ह्वाका अनुसार यो भेट रणनीतिक समन्वयलाई गहिरो बनाउन, पारस्परिक लाभदायक सहयोग विस्तार गर्न र विश्वमा बहुध्रुवीयता र आर्थिक भूमण्डलीकरणको सामान्य ऐतिहासिक प्रवृत्ति पछ्याउन दुवै देशको साझा रणनीतिक छनोट हो । 

    राष्ट्रपतिका रूपमा आफ्नो नयाँ कार्यकाल सुरु गरेपछि रुसी राष्ट्रपतिको यो पहिलो विदेश भ्रमण भएको उल्लेख गर्दै राष्ट्रपति पुटिन र रुसी सरकारले चीन–रुस सम्बन्धको विकासमा राखेको ठूलो महत्त्व दर्शाउनेमा राष्ट्रपति जिनपिङले जोड दिए । 

    छलफलका क्रममा चिनियाँ राष्ट्रपतिले पुटिनलाई ‘पुरानो मित्र’ का रूपमा अभिवादन गरे र चीन र रुसले विगत एक दशकमा ४० भन्दा बढी बैठकमा एकअर्कालाई ‘रणनीतिक मार्गदर्शन’ प्रदान गरेको बताए । 

    चीन भ्रमणका क्रममा पुटिन चीनको उत्तरपूर्वी हेइलोंगजियाङ प्रान्तको राजधानी हार्बिन जानुहुने कार्यक्रम रहेको छ ।

    त्यहाँ उनले व्यापार र सहयोगका कार्यक्रममा भाग लिनेछन्। ऐतिहासिकरूपमा चीन र रुसबीचको सीमा तनावले ग्रस्त यस क्षेत्रमा हालैका वर्षहरूमा कनेक्टिभिटी बढेको देखिएको छ । यसबाट दुई छिमेकीबीच घनिष्ठ आर्थिक र सांस्कृतिक सम्बन्ध सुधारिएको पाइएको छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार