images
images

आइडिया स्टुडियो र मकवानपुर बहुमुखी क्याम्पसले एकेडेमिक च्याम्पियनको रूपमा सहकार्य गर्ने

आइडिया स्टुडियो र मकवानपुर बहुमुखी क्याम्पसले एकेडेमिक च्याम्पियनको रूपमा सहकार्य गर्ने

बिहिवार, जेठ ३ २०८१
बिहिवार, जेठ ३ २०८१
  • आइडिया स्टुडियो र मकवानपुर बहुमुखी क्याम्पसले एकेडेमिक च्याम्पियनको रूपमा सहकार्य गर्ने

    काठमाडौँ / मकवानपुर बहुमुखी क्याम्पस (एमएमसी)ले आइडिया स्टुडियो नेपालसँग एकेडेमिक च्याम्पियनको रूपमा सहकार्य गरेको छ । गत बैशाख २८ गते आयोजित एक कार्यक्रममा मकवानपुर बहुमुखी क्याम्पस र आइडिया स्टुडियोबिच सहकार्यसम्बन्धी सम्झौता भएको हो । 

    images
    images
    images
    images

    विधार्थीहरूको  शिक्षा, अनसुन्धान र बलियो उद्यमशील प्रणालीको विकासका साथै नवप्रवर्तनमा थप टेवा पुर्याउने यस सहकार्यको मूख्य उद्देश्य भएको आइडिया नेपालले जनाएको छ । 

    “आइडिया स्टुडियो नेपाल र मकवानपुर बहुमुखी क्याम्पसको संयुक्त विशेषज्ञता र नवप्रवर्तनको मार्फत  विधार्थीहरूमा चौतर्फि विकास र वृद्धि  हुनेछ,” आइडियाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आइडिया स्टुडियो नेपाल सामाजिक रूपान्तरण र उद्यमशीलताको क्षेत्रमा आठ वर्षदेखि निरन्तर काम गर्दै आएको संस्था हो ।

    आइडिया स्टुडियो नेपालले नेपालमा उद्यमशीलताको इकोसिस्टमलाई बढावा दिन सरकार, शिक्षाविद्, सार्वजनिक र निजी क्षेत्र, वाणिज्य बैंक, मिडिया हाउस, व्यापार र उद्योग संगठनहरू र अन्य धेरै संस्थाहरूसँग साझेदारीमा काम गर्दै आएको छ ।

    आइडिया स्टुडियो नेपालले सम्भाव्य व्यवसायिक विचारहरूलाई व्यवसायमा परिवर्तन गर्ने, सामाजिक परिवर्तनलाई प्रज्वलित गर्ने र  नवप्रवर्तनको माध्यमबाट उद्यमशीलताको प्रर्बधन गर्ने प्याटफर्मको रुपमा काम गर्दै आएको छ ।

    मकवानपुर बहुमुखी क्याम्पस २०३७ सालमा मकवानपुर जिल्लामा स्थापना गरिएको सार्वजनिक क्याम्पस हो । यस क्याम्पसले मकवानपुर जिल्लाका जनतालाई मात्रै नभई छिमेकी जिल्लाका जनतालाई पनि उच्च शिक्षा प्रदान गर्दै आएको छ ।

    एमएमसीले हाल त्रिभुवन विश्वविद्यालयसँग सम्बद्ध विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षामा स्नातकोत्तर कार्यक्रम सञ्चालन गर्दै आएको छ । राष्ट्रिय परीक्षा बोर्डसँग सम्बद्ध विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षामा पनि ं२ कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । क्याम्पसले सुलभ शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार