images
images

सरकारले खराब आयोजनाहरू खारेज गर्ने

सरकारले खराब आयोजनाहरू खारेज गर्ने

मंगलवार, जेठ १ २०८१
मंगलवार, जेठ १ २०८१
  • सरकारले खराब आयोजनाहरू खारेज गर्ने

    काठमाडौँ / सरकारले आगामी आर्थिक वर्षमा पूर्व तयारी पूरा भएका र प्रतिफल सुनिश्चित भएका आयोजना मात्र छनोट गरिने जनाएको छ । 

    images
    images

    सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व तयारी पूरा भएका र प्रतिफल सुनिश्चित भएका आयोजना मात्र छनोट गरिने बताएका हुन् । 

    त्यस्तै, आगामी बर्ष सरकारले अब नचाहिँदा पूर्वाधार आयोजना खारेज वा स्थगन गर्ने भएको छ । 

    नतिजा दिने र तोकिएको समयमा सम्पन्न हुने आयोजनालाई यथेष्ट बजेट विनियोजन गर्ने घोषणा गर्दै खराब आयोजनाहरू खारेज गर्ने विकल्प नीति तथा कार्यक्रममा गरिएको हो ।

    त्यस्तै, विकास आयोजना अनुगमन र मूल्याङ्कनलाई सूचना प्रविधिमा आधारित बनाइने घोषणा पन गरिएको छ ।

    साथै, खरिद कानुन पुनरावलोकन गर्ने प्रस्ताव पनि गरिएको छ । सरकारका खरिद इकाइको संस्थागत क्षमता वृद्धि गरिने योजना पनि घोषणा गरिएको छ ।

    विकास आयोजना छनौट गर्दा सामाजिक, आर्थिक लाभ, प्रादेशिक सन्तुलन, उत्पादन र रोजगारी सिर्जनालाई प्रमुख आधार लिइने राष्ट्रपति पौडेलले बताए । 

    कार्यान्वयनमा रहेका तर अपेक्षित गति नलिएका सम्भाव्य आयोजनाहरू सार्वजनिक, निजी साझेदारी अवधारणामा सञ्चालन गर्ने प्रक्रिया अगाडी बढाइने छ । 

    विकास कार्यक्रम तथा आयोजनाको अनुगमन तथा मूल्याङ्कन प्रणालीलाई सूचना प्रविधिमा आधारित र नतिजामूलक बनाइने छ । स्थानीय तहको विकास निर्माणमा प्रभावकारिता वृद्धि गर्न जिल्ला समन्वय समितिको अनुगमन क्षमता बढाइने उनले बताए । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार