images
images

सरकारले भोलि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने

सरकारले भोलि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने

सोमवार, बैशाख ३१ २०८१
सोमवार, बैशाख ३१ २०८१
  • सरकारले भोलि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने

    काठमाडौँ / सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम भोलि सार्वजनिक हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । 

    images
    images

    सरकारको वार्षिक बजेट अघि सङ्घीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ । 

    सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम भोलि ३ बजे राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । 

    सङ्घीय संसद्का सबै सदस्यलाई दिनको २ः४५ बजेभित्र औपचारिक पोसाकमा उपस्थिति भई आ-आफ्नो आसन ग्रहण गरिसक्न भनिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार