images
images

बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ७.२ प्रतिशतले बढ्यो, कुल आन्तरिक कर्जा कति ?

बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ७.२ प्रतिशतले बढ्यो, कुल आन्तरिक कर्जा कति ?

आइतवार, बैशाख ३० २०८१
आइतवार, बैशाख ३० २०८१
  • बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ७.२ प्रतिशतले बढ्यो, कुल आन्तरिक कर्जा कति ?

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को ९ महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ७.२ प्रतिशतले बढेको छ । 

    images
    images

    नेपाल राष्ट्र बैंकले सार्पजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको चैत मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ७.२ प्रतिशत अर्थात रु.४०९ अर्ब ४ करोडले बढेको छ । 

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ७ प्रतिशत अर्थात रु.३५५ अर्ब ८९ करोडले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १२.५ प्रतिशतले बढेको छ ।

    २०८० चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.२ प्रतिशत, २९.१ प्रतिशत र ५८.९ प्रतिशत रहेको छ । 

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ८.० प्रतिशत, २५.७ प्रतिशत र ६०.१ प्रतिशत रहेको थियो । २०८० चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.७ प्रतिशत रहेको छ । २०७९ चैत मसान्तमा यस्तो निक्षेपको अंश ३६.३ प्रतिशत रहेको थियो ।

    मुद्राप्रदाय

    आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा विस्तृत मुद्राप्रदाय ७.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ६.४ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८० चैत मसान्तमा विस्तृत मुद्राप्रदाय १२.३ प्रतिशतले बढेको
    छ ।

    समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा÷नोक्सान समायोजित) रु.३६५ अर्ब १६ करोड (२५.१ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति रु.१७४ अर्ब २८ करोड (१५.१ प्रतिशत) ले बढेको थियो ।

    समीक्षा अवधिमा सञ्चित मुद्रा ६.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा २.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० चैत मसान्तमा सञ्चित मुद्रा १४.६ प्रतिशतले बढेको छ ।

    कुल आन्तरिक कर्जा

    आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा कुल आन्तरिक कर्जा १.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ५.० प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८० चैत मसान्तमा यस्तो कर्जा ५.५ प्रतिशतले बढेको छ ।

    समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दावी १७.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी ९.१ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८० चैत मसान्तमा यस्तो दावी २.६ प्रतिशतले बढेको छ ।

    समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ५.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो दावी ४.३ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८० चैत मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ५.४ प्रतिशतले बढेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार