images
images

९ महिनामा चालु खाता १.७९ खर्ब रुपैयाँले बचतमा, कस्तो छ शोधनान्तर स्थिति ?

९ महिनामा चालु खाता १.७९ खर्ब रुपैयाँले बचतमा, कस्तो छ शोधनान्तर स्थिति ?

आइतवार, बैशाख ३० २०८१
आइतवार, बैशाख ३० २०८१
  • ९ महिनामा चालु खाता १.७९ खर्ब रुपैयाँले बचतमा, कस्तो छ शोधनान्तर स्थिति ?

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को ९ महिनामा मुलुकको चालु खाता र शोधनान्तर स्थित दुवै बचत रहेको देखिएको छ । 

    images
    images

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चैत मसान्तसम्मको तथ्याङ्क अनुसार समीक्षा अवधिमा चालु खाता रु.१ खर्ब ७९ अर्ब ४८ करोडले बचतमा रहेको छ। 

    अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु. ६० अर्ब ४३ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४६ करोड ८३ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ३५ करोडले बचतमा रहेको छ।

    समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १९.२ प्रतिशतले कमी आई रु.४ अर्ब ७८ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.६ अर्ब ४८ करोडले धनात्मक रहेको छ। 

    अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.५ अर्ब ९१ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.२ अर्ब ६२ करोडले धनात्मक रहेको थियो।

    यो ९ महिनामा शोधनान्तर स्थिति रु.३ खर्ब ६५ अर्ब १६ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.१ खर्ब ७४ अर्ब २८ करोडले बचतमा रहेको थियो। 

    अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ३२ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ७५ करोडले बचतमा रहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार