images
images

संसद्को संयुक्त बैठक जेठ १ मा :  राष्ट्रपतिले सम्बोधन गर्ने

संसद्को संयुक्त बैठक जेठ १ मा :  राष्ट्रपतिले सम्बोधन गर्ने

शनिवार, बैशाख २९ २०८१
शनिवार, बैशाख २९ २०८१
  • संसद्को संयुक्त बैठक जेठ १ मा :  राष्ट्रपतिले सम्बोधन गर्ने

    काठमाडौँ / राष्ट्रपति रामचन्द्र पौडेलले आगामी मङ्गलबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्। 

    images
    images

    सङ्घीय संसद् सचिवालयले शुक्रबार सूचना जारी गर्दै विसं २०८१ साल जेठ १ गते मङ्गलबार दिउँसो ३ बजे राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने जानकारीसहित संसद्का सदस्यलाई  उपस्थित हुन आह्वान गरेको छ । 

    मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उक्त दिन संयुक्त बैठक आह्वान गरेका हुन् । मङ्गलबार आगामी आर्थिक वर्ष २०८१र ८२ को वार्षिक नीति तथा कार्यक्रम ल्याउने सरकारको तयारी छ ।

    “सम्माननीय राष्ट्रपतिबाट नेपाल सरकार, नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम मिति २०८१ साल जेठ १ गते मङ्गलबार ३ बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सदस्यको उपस्थिति आह्वान गरेकाले उक्त मिति, समय र स्थानमा सङ्घीय संसद्का माननीय सदस्यहरुको उपस्थितिका लागि सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली २०८० को नियम ३ को उपनियम १ बमोजिम यो सूचना जारी गरिएको छ”, सूचनामा भनिएको छ ।

     सबै सांसदलाई उक्त दिन २ः४५ बजेभित्र औपचारिक पोसाकमा उपस्थिति भइ सक्न भनिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार