काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले आज बुधबारको विदेशी मुद्रा प्रकाशित गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ ३२ पैसा र बिक्रीमा १३३ रुपैयाँ ९२ पैसा र युरोपियन युरो एकको खरिद मूल्य १४३ रुपैयाँ ५६ पैसा र बिक्री मूल्य १४४ रुपैयाँ २१ पैसा निर्धारण गरिएको छ ।
यसैगरी, क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ ४७ पैसा र बिक्रीमा ९७ रुपैयाँ ९१ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८८ रुपैयाँ ११ पैसा र बिक्रीमा ८८ रुपैयाँ ५१ पैसा, सिङ्गापुरे डलर एकको खरिद दर ९८ रुपैयाँ ५३ पैसा र बिक्री दर ९८ रुपैयाँ ९८ पैसा पर्नेछ ।
त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ५५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७१ पैसा, कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ५७ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ७३ पैसा, कुवेती दिनार एकको खरिदमा ४३३ रुपैयाँ ७० पैसा र बिक्रीमा ४३५ रुपैयाँ ६५ पैसा तोकिएको छ ।
विस्तृत तालिकामा हेर्नुस्