images
images

बैशाख १३ र २० गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयहरू के–के हुन् ? (सूचीसहित)

बैशाख १३ र २० गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयहरू के–के हुन् ? (सूचीसहित)

शुक्रवार, बैशाख २१ २०८१
शुक्रवार, बैशाख २१ २०८१
  • बैशाख १३ र २० गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयहरू के–के हुन् ? (सूचीसहित)
    images
    images

    काठमाडौँ / बैशाख १३ र २० गते बसेका मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु सरकारकी प्रवक्ता रेखा शर्माले बुधबार सार्वजनिक गरेकी छन्। 

    उकत बैठकले सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने भएको छ । ‘सय रुपैयाँको डिजाइन परिवर्तन गर्ने निर्णय भएको छ । स्वीकृत दिएको छ । पुरानो नक्सामा चुच्चे नक्सा प्रयोगमा ल्याउने छ’, उनले भनिन् । 

    सरकारले २०७७ जेठ ७ गते लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ सार्वजनिक गरेको थियो । 

    यस्तै, सरकारले ६ जना सचिवको सरुवा गरेको छ । मन्त्री शर्माको अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा. गणेशप्रसाद पाण्डे संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएका छन् । पर्यटन मन्त्रालयका सचिव डा. दीपक काफ्ले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा पुगेका छन् ।

    डा. गोविन्दप्रसाद शर्मा कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट वन तथा वातावरण मन्त्रालयमा सरुवा भएका छन् । त्यस्तै, डा. दीपककुमार खराल वन तथा वातावरण मन्त्रालयबाट कृषि तथा पशुपन्छी विकासमा सरुवा भएका हुन् ।

    डा. रेवतीरमण पौडेल कृषि पशुपन्छी विकास मन्त्रालयबाट कृषि विकासमा पुगेका छन् । राधिका अर्याल लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालबाट उपराष्ट्रपतिको कार्यालयमा सरुवा भएकी हुन् ।

    undefinedundefinedundefinedundefined

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार