images
images

इलाम-२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित, अन्य उम्मेदवारले कति मत पाए ?

इलाम-२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित, अन्य उम्मेदवारले कति मत पाए ?

मंगलवार, बैशाख १८ २०८१
मंगलवार, बैशाख १८ २०८१
  • इलाम-२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित, अन्य उम्मेदवारले कति मत पाए ?

    इलाम / प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई पराजित गर्दै २७ हजार सात सय ७२ मतका साथ उनी विजयी भएका हुन् ।

    images
    images

    कांग्रेसका खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गरेका छन् । 

    पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू (थेगिम)ले ११ हजार चार सय ५७ मत र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बूले पाँच हजार ५० मत प्राप्त गरेका छन् । 

    मङ्गोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बूले आठ सय १६ मत प्राप्त गरेका छन्

    एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए ।  यो निर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा थिए । 

    २०८० भदौ २६ गते एमालेका नेता तथा संविधानसभा अध्यक्ष  सुवासचन्द्र नेम्वाङको निधन भएपछि वैशाख १५ मा यो क्षेत्रमा उपनिर्वाचन भएको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार