images
images

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनीबिच  लगानी सम्मेलनमा सम्झौता

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनीबिच  लगानी सम्मेलनमा सम्झौता

सोमवार, बैशाख १७ २०८१
सोमवार, बैशाख १७ २०८१
  • वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनीबिच  लगानी सम्मेलनमा सम्झौता

    काठमाडौँ / नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. र कोरियन कम्पनी एमएविसि इन्भेष्टमेन्ट ग्रुप प्रा.लि. बीच सम्झौता भएको छ । नेपाल सरकारले आयोजना गरेको लगानी सम्मेलनको दोस्रो दिन आज सो सम्बन्धी सहमति चीनको लागि नेपालका राजदुत विष्णु पुकार श्रेष्ठको उपस्थितिमा भएको छ। 

    images
    images

    सम्झौतामा एमएविसि इन्भेष्टमेन्ट ग्रुपको तर्फबाट उक्त कम्पनीका अध्यक्ष जियोन योगं लि र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट आधिकारीक प्रतिनिधी शिवराज दवाडी (माधव दवाडी)ले दस्तखत गरे । 

    कोरियन कम्पनी एमएविसि इन्भेष्टमेन्ट ग्रुपले नेपाल सरकारसँग उद्योग व्यवसाय, हरित उर्जा, सेवा उद्योग, नविनतम प्रविधि, कृषि तथा खनिज क्षेत्रहरूमा वैदेशिक लगानी ल्याउने स्विकृति लिएको छ। यस्तो लगानीको रकम नेपाली ६ अर्ब बराबर रहेको छ । 

    सम्झौता पत्रमा नेपालभित्र ल्याउने वैदेशिक लगानी मार्फत स्थापना र संचालन हुने यस्ता उद्योग व्यवसायमा नेक्सजेन म्यानेजमेन्टले सहजीकरण तथा परामर्श सेवा प्रदान गर्ने सहमति भएको नेक्सजेन म्यानेजमेन्टले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार