काठमाडौँ / नेपाली बजारमा आज आइतबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य भने घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज साताको पहिलो कारोबारको दिन सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको हो ।
अघिल्लो कारोबारको दिन अर्थात शुक्रबार तोलामा १ लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार भने ४०० रुपैयाँ बढेर १ लाख ३७ हजार ६०० रुपैयाँ पुगेको हो । यता, तेजाबी सुन तोलामा १ लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच आइतबार चाँदीको मूल्य भने घटेको छ । शुक्रबार तोलामा १ हजार ६७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबाबर घटेर १ हजार ६६० रुपैयाँमा कारोबार भएको हो ।