images
images

आर्थिक चलखेल नगर्न दल र उम्मेदवारलाई गृहमन्त्री लामिछानेको चेतावनी

आर्थिक चलखेल नगर्न दल र उम्मेदवारलाई गृहमन्त्री लामिछानेको चेतावनी

बुधवार, बैशाख १२ २०८१
बुधवार, बैशाख १२ २०८१
  • आर्थिक चलखेल नगर्न दल र उम्मेदवारलाई गृहमन्त्री लामिछानेको चेतावनी

    काठमाडौँ / रास्वपाका सभापति रवि लामिछानेले आफू नेतृत्वको दल खास जाति, वर्ग र समुदायको पहिचानको पक्षमा नरहेको स्पष्ट पारेका छन् । इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले रास्वपाले जाति, धर्म र समुदायको नाममा राजनीति नगर्ने भन्दै आफूहरु बहुपहिचानको पक्षमा रहेको स्पष्ट पारेका हुन् । 

    images
    images

    “बरु चुनाव हारौँला तर गलत प्रवृत्तिलाई प्रोत्साहित गर्ने राजनीति गर्दैनौँ। बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुकमा एकल पहिचानले हित गर्दैन” उनले भने । रास्वपाले सबैभन्दा बढी पहिचानको मुद्दालाई व्यवहारमा उतारेको उनको भनाइ थियो। 

    उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेले आचार संहिता अक्षरश पालना गराउन सुरक्षा निकायलाई दिर्नेशन दिँदै मौन अवधिमा आर्थिक चलखेल नगर्न दल र उम्मेदवारलाई चेतावनी पनि दिए । १५ वैशाखमा हुने उपनिर्वाचनका लागि आज मध्यरातिबाट मौन अवधि सुरु हुँदैछ।

    ‘मौन अवधि भनेको मनि (पैसा) अवधि भएको कुरा तपाईहरुले सुन्नुभएको छ होला’, गृहमन्त्री लामिछानेले चेतावनी दिँदै भने, ‘खबरदार, इलाम र बझाङमा मौन अवधिलाई मनि अवधिको रुपमा प्रयोग नगरोस्।’ आचार संहिता उल्लङ्घन गर्नेलाई कानूनको दायरामा ल्याएरै छोड्ने उनको दृढता थियो। 

    लामिछानेले काठमाडौँ, चितवन र तनहुँमा जस्तै इलामबासीले पनि जोडदार रूपमा घण्टी बजाउने विश्वासका साथ आग्रह गरे, ‘यथास्थिति रोज्ने कि परिवर्तन विवेकपूर्ण निर्णय गर्नुहोला।’

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार