images
images

सिटिजन लाइफले ल्यायो इन्स्योरेन्स कम्पनीमै पहिलो पटक भिडियो केवाइसी सुविधा

सिटिजन लाइफले ल्यायो इन्स्योरेन्स कम्पनीमै पहिलो पटक भिडियो केवाइसी सुविधा

बुधवार, बैशाख १२ २०८१
बुधवार, बैशाख १२ २०८१
  • सिटिजन लाइफले ल्यायो इन्स्योरेन्स कम्पनीमै पहिलो पटक भिडियो केवाइसी सुविधा

    काठमाडौँ / सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स कम्पनीहरूमै पहिलो पटक भिडियोमार्फत केवाइसी लिने प्रक्रिया जारी गरेको छ । कम्पनीले नयाँ साल २०८१ लाई लक्षित गरी बैशाख ९ गतेबाट लागु हुने गरी उक्त प्रक्रिया सुरु गरेको हो ।

    images
    images

    विदेशमा बसोबास गर्ने व्यक्तिहरूको बीमा गर्दा इ-एप्लिकेसन डिक्लिरेसन फर्मसहित आवश्यक सबै विवरणहरू अभिकर्ता पोर्टल (एजेन्ट पोर्टल)मार्फत प्राप्त हुन्छ । केवाइसी सम्वन्धी व्यवस्थालाई थप प्रभावकारी बनाउन कम्पनीले कम्पनीले भिडिओ केवाइसीको अवधारणा ल्याएको छ ।  

    प्रस्तावित बीमितले सम्पूर्ण आवश्यक विवरणहरू अभिकर्ता पोर्टलमार्फत पेश गरे पश्चात इ-एप्लिकेसन डिक्लिरेसन फर्ममा आवश्यक विवरणहरू भरी स्क्यान गरी अनलाइन मार्फत रजिष्टर्ड भएको प्रस्तावमा अपलोड गर्नुपर्नेछ । 

    प्रस्तावित बीमितले कम्पनीद्वारा निर्धारण गरिएको विषयमा आफ्नो केवाइसी सम्वन्धी भिडियो बनाएर सिटिजन लाइफमा उक्त पठाउनु पर्नेछ । 

    यस भिडिओ केवाइसीको सुविधाले बीमा अभिकर्ताहरूलाई व्यवसाय गर्न थप सहज हुने अपेक्षा गर्दछौँ । यस सुविधाबारे विस्तृत जानकारी, कम्पनीको वेबसाइटमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार