काठमाडौँ / नेपाली वर्षको अन्तिम दिन अर्थात चैत ३० गते शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा कारोबार हुने भएको छ ।
नेपाल सुन–चाँदी महासंघको अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ३९ हजार रुपैयाँ पुगेको हो । गत बर्षको अन्तिम दिन अर्थात २०७९ चैत ३० गते छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ९९५ रुपैयाँ रहेको थियो ।
यस्तै, आज तेजाबी सुनको मूल्य पनि प्रतितोला १ लाख ३८ हजार ३५० रुपैयाँमा कारोबार हुने भएको छ ।
यता चाँदीको मूल्य भने अघिल्लो कारोबारको तुलनामा प्रतितोला ७५ रुपैयाँले घटेर १ हजार ७७५ रुपैयाँ कायम भएको छ । हिजो बिहिबार चाँदीको मूल्य प्रतितोला एक हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।