images
images

ह्याम्स अस्पतालले बार्षिकोत्सवको अवसरमा सवांद शृङ्खलाको आयोजना गर्ने

ह्याम्स अस्पतालले बार्षिकोत्सवको अवसरमा सवांद शृङ्खलाको आयोजना गर्ने

बिहिवार, चैत २९ २०८०
बिहिवार, चैत २९ २०८०
  • images
    images
    ह्याम्स अस्पतालले बार्षिकोत्सवको अवसरमा सवांद शृङ्खलाको आयोजना गर्ने
    images
    images

    काठमाडौँ / ह्याम्स अस्पतालले ‘स्वास्थ्य सबैको सरोकार’ भन्ने नारासहित सवांद शृङ्खलाको आयोजना गर्ने भएको छ । अस्पतालले बार्षिकोत्सवको अवसर पारेर सामाजिक उत्तरदायित्व अन्तर्गत शुक्रबार बिहान साढे १० बजेदेखि होटल अकामा धुम्वाराहीमा संवाद शृङ्खला १ सञ्चालन गर्ने भएको हो । 

    images
    images

    तीन सत्रमा विभाजित कार्यक्रममा दुई चुनौतीहरूको बारेमा बृहत छलफल गरी समाधानका लागि निष्कर्षसहित सुझाव निकाल्ने उद्देश्य सहित सम्वन्धित क्षेत्रका विज्ञ, सरोकारवाला निकाय तथा प्रतिनिधिसभा सांसदहरू सम्मिलित संवाद कार्यक्रम आयोजना गर्न लागिएको अस्पतालका अध्यक्ष रामशरण भण्डारीले जानकारी दिए ।

    उक्त कार्य्रकममा पहिलो सत्रमा ‘भेप/ई–सिगरेट : बढ्दो गम्भीर स्वास्थ्य चुनौती’, दोस्रो सत्रमा ‘स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादन तथा पलायनका चुनौतीहरू’ र तेस्रो सत्रमा पहिलो २ सत्रको सारांश तथा स्वास्थ्यमन्त्रीको मन्तव्य रहने उनले बताए । 

    उक्त संवाद कार्यक्रमबाट छलफलका क्रममा आएका सुझावहरू लिपिबद्ध गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आवश्यक कार्यार्थ पेस गरिने उनले जानकारी दिए । 

    हस्पिटल फर एड्भान्स्ड मेडिसिन एण्ड सर्जरी (ह्याम्स) अस्पताल एक विशिष्टिकृत सेवा प्रदान गर्ने अस्पताल हो । सन् १९९७ मा स्थापित यस अस्पतालले विगत ५ वर्षदेखि धुम्वाराहीमा अस्पताल संचालन सम्वन्धी अन्तर्राष्ट्रिय मापदण्ड पुरा गरी भुकम्प प्रतिरोधात्मक, आगजनी लगायत अन्य दुर्घटना सुरक्षाको दृष्टिकोणले निर्माण गरिएको अत्याधुनिक हेलिप्याड सहितको भवनबाट स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । 

    विश्वमा उपलब्ध रहेका उच्चतम प्रविधिको प्रयोग गरी देश तथा विदेशमा अब्बल मानिएका दक्ष तथा अनुभवी नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीद्वारा विश्वस्तरीय सेवा प्रदान गरिरहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार