images
images

आगलागीको क्षति विवरण सङ्कलन गर्दै छानबिन समिति

आगलागीको क्षति विवरण सङ्कलन गर्दै छानबिन समिति

बिहिवार, चैत २९ २०८०
बिहिवार, चैत २९ २०८०
  • आगलागीको क्षति विवरण सङ्कलन गर्दै छानबिन समिति
    images
    images

    काठमाडौँ / यही चैत्र २६ गते सोमबार सशस्त्र प्रहरी बलको बलम्बुस्थित केन्द्रीय स्टोरमा भएको आगलागी घटनाबारे छानबिन गर्न गठित समितिले काम सुरु गरेको छ । 

    आगलागी घटनापछि कार्यविभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालको अध्यक्षतामा नौ सदस्यीय छानबिन समिति गठन गरिएको थियो । सो समितिले मङ्गलबारदेखि घटनास्थललाई सिल गरेको छ । 

    सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) शैलेन्द्र थापाका अनुसार आगलागीबाट क्षति भएका सामानको विवरण सङ्कलनको काम थालिएको छ । 

    प्रयोगमा ल्याउन मिल्ने सामान छुट्याइ सिल गरी सुरक्षित स्थानमा राखिएको छ । भण्डार महाशाखामा रहेको सम्पूर्ण सक्कल अभिलेख अध्ययन गरी के–कति सामान रहेको र कति क्षति भएको भन्ने विवरण सङ्कलन गरिरहेको समितिले जनाएको छ ।

    भण्डार महाशाखामा कार्यरत सशस्त्र प्रहरी उपरीक्षकसहित सात जनालाई भण्डारण गरिएको सामानको विवरणबारे सोधपुछका लागि झिकाइएको छ । 

    यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनीबाट सुरक्षा जिम्मेवारीमा रहेका, त्यस दिन ड्युटीमा रहेका सशस्त्र प्रहरी उपरीक्षकसहित ११ जना र नेपाल एपीएफ अस्पतालको सुरक्षा टोलीबाट मूलगेटमा खटिएका दुई जनालाई सोधपुछका लागि मुख्यालय झिकाइएको छ ।

    छानविन समितिले स्टोरको सुरक्षार्थ राखिएको सिसी क्यामेराको फुटेज  अध्ययन गरेको छ । 

    फुटेजमा भवनको  बीचमा रहेको कोठाबाट सानो मात्रामा धुवाँ आएको केही सेकेण्ड भित्र ठूलो मुस्लो देखिएको र बाहिनीभित्र रहेका सुरक्षाकर्मी तत्काल घटनास्थलमा पुगेको देखिएको छ । 

    आगलागीबाट फ्रि स्केलका सामान, विपद् उद्धारका सामान समेत जलेर नष्ट भएका छन् ।

    सशस्त्र प्रहरी बलको मुख्य स्टोर हलचोकमा रहे पनि केही वर्ष अघिदेखि शाखा स्टोरको रुपमा सो ठाउँमा जिन्सी सामान भण्डारण गरिएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार