images
images

बाँध फुटेपछि रुसमा चार हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारियो

बाँध फुटेपछि रुसमा चार हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारियो

शनिवार, चैत २४ २०८०
शनिवार, चैत २४ २०८०
  • बाँध फुटेपछि रुसमा चार हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारियो

    रुसले कजाकिस्तान नजिकैको दक्षिणी युरालमा बाँध फुटेपछि आएको बाढीका कारण ओरेनबर्ग क्षेत्रबाट चार हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको शनिबार बताएको छ । 

    images
    images

    कजाकिस्तानको सिमानामा पर्ने ओर्स्क सहरमा बाँध फुटेपछि आपत्कालीन सेवाहरूले रातभर काम गरिरहेका छन् । 

    ओरेनबर्गका गभर्नरको प्रेस सेवाले एक हजार १९ बालबालिकासहित चार हजार दुई सय आठ जनालाई सुरक्षित स्थानमा सारिएको र शुक्रबारको मुसलधारे वर्षाले बाँध फुटेपछि दुई हजार पाँच सयभन्दा धेरै घर बाढीबाट प्रभावित भएको बताएको छ । 

    रुसले सन् २०१४ मा निर्माण गरिएको बाँध फुट्नुमा ‘लापरवाही र निर्माण सुरक्षा नियमहरूको उल्लङ्घन’ का लागि आपराधिक मामिला खोलेको छ । 

    ओरेनबर्ग क्षेत्रीय गभर्नर डेनिस पास्लरले विशेषज्ञहरूले बाँध ‘अलग अलग वजनका लागि’ बनाइएको र वर्षाको स्तर ‘असाधारण’ रहेको आकलन गरेको बताए। 

    अधिकारीहरूले ओरेनबर्गमा युराल नदीमा खतरनाक जलस्तरको चेतावनी दिँदै सम्पूर्ण क्षेत्रमा स्थिति कठिन भएको बताएका छन् । 

    पाँच लाख जनसङ्ख्या भएको सहरका मेयर सर्गेई सालमिनले बाढीग्रस्त क्षेत्रबाट निकाल्ने आदेशलाई अस्वीकार गर्ने मानिसलाई अधिकारीहरूले जबरजस्ती बाहिर निकाल्ने बताए। 

    उनले युराल नदीको जलस्तर आठ सय ५५ सेन्टिमिटरसम्म बढेको र अझ बढ्ने बताए र उनका अनुसार सहरका धेरै जिल्ला र वरपरका गाउँहरू प्रभावित हुने सम्भावना छ । 

    “स्थितिले तपाईंलाई कुनै विकल्प छाड्दैन, राति नदी गम्भीर स्तरसम्म पुग्न सक्छ, म बाढीग्रस्त क्षेत्रका सबै मानिसलाई तुरुन्त आफ्नो घर छाड्न आह्वान गर्दछु”, मेयर सालमिनले भने, “सम्झाउने कुनै समय छैन, जसले स्वेच्छिकरूपमा खतरनाक क्षेत्र छाड्न अस्वीकार गर्छ, हामी प्रहरी अधिकारीको सहयोगमा जबरजस्ती खाली गराउने छौँ ।”

    कजाकिस्तानका राष्ट्रपति कासिम–जोमार्ट टोकायेभले बाढी कजाकिस्तानमा ८० वर्षमा सबैभन्दा प्राकृतिक प्रकोपमध्येको एक भएको बताए। उनले मुलुकका अधिकारीहरूसँग प्रभावित मानिसहरूको सहयोगका लागि तयार रहन आह्वान गरे । 

    रुसी आपत्कालीन सेवाहरूले डुङ्गा र होभरक्राफ्टमा गाउँहरू हुँदै गइरहेका उद्धारकर्मीहरूको तस्बिर प्रकाशित गरेका छन् । युराल र पश्चिमी साइबेरियाका धेरै क्षेत्र वसन्त प्रारम्भदेखि नै बाढीबाट प्रभावित भएका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार