images
images

नेपाल र दक्षिण कोरियाले जुगल हिमालको पहिलो आरोहण गर्दै

नेपाल र दक्षिण कोरियाले जुगल हिमालको पहिलो आरोहण गर्दै

शुक्रवार, चैत २३ २०८०
शुक्रवार, चैत २३ २०८०
  • नेपाल र दक्षिण कोरियाले जुगल हिमालको पहिलो आरोहण गर्दै

    काठमाडौँ / नेपाल र दक्षिण कोरियाको संयुक्त टोलीले जुगल हिमाल (६५९१ मिटर)को पहिलो आरोहण गर्ने भएको छ । उक्त प्रयोजनका लागि तीन नेपाली र सात जना कोरियाली नागरिक सहभागी टिम शनिबार त्यसतर्फ जाने नेपाल पर्वतारोहण सङ्घले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो। 

    images
    images

    सिन्धुपाल्चोक जिल्लास्थित जुगल हिमालको पहिलो आरोहण नेपाल र कोरियाबीच दौत्य सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा गर्न लागिएको हो । जुगल काठमाडौँबाट सबैभन्दा नजिक पर्ने हिमालसमेत हो ।

    नेपाल पर्वतारोहण सङ्घ, नेपाल पर्यटन बोर्ड र सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको पहलमा उक्त टोली भोलि चैत २४ गने त्यसतर्फ प्रस्थान गर्ने भएको हो । 

    सङ्घका महासचिव मोहन लम्सालले जुगल हिमाल आरोहणको माध्यमबाट  नेपालको पर्यटन प्रवर्द्धनमा योगदान गर्ने विश्वास व्यक्त गरे । उनले पर्यटन कूटनीतिसँग पनि जोडिएकाले यो आरोहणलाई निकै महत्वका साथ हेरिएको उल्लेख गरे ।

    विसं २०७९ चैत २८ गतेको नेपाल सरकार (मन्त्रिपरिषद्को बैठक)ले  सिन्धुपाल्चोकस्थित जुगल हिमाल आरोहणका लागि खुला गर्ने निर्णय गरेको थियो । 

    जुगल हिमाल क्षेत्रका पाँच वटा हिमाल आरोहणका लागि खुला गरिएको छ । ‘यो आरोहण नेपाल र दक्षिण कोरियाबीच दौत्य सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको उपलक्ष्यमा समेत गर्न लागिएको छ’ जारी विज्ञप्तिमा भनिएको छ ।

    आरोहण टोलीमा कोरियाली विख्यात आरोही तथा नेपालका मानार्थ नागरिक अमहोङ गिलले नेतृत्व गर्नेछन् भने नेपालको तर्फबाट कीर्तिमानी आरोही तथा सङ्घका प्रथम उपाध्यक्ष दावा याङ्जुम शेर्पाले नेतृत्व गर्ने जनाइएको छ । 

    यो टोलीले १३ वैशाख २०८१ मा चुचुरो चढी काठमाडौँ फर्कने योजना बनाएको छ । यो आरोहणलाई नेपाल सरकार, पर्यटन बोर्डले समेत सहयोग गर्ने जनाइएको छ । यसअघि सरकारले उक्त हिमाल आरोहणमा लाग्ने रोयल्टी दस्तुर मिनाहा गरेको थियो ।

    आरोहण दललाई शनिबार विहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  नेपालको राष्ट्रिय झन्डा हस्तान्तरण गरी बिदाइ गर्ने कार्यक्रम रहेको सङ्घका महासचिव लम्सालले बताए । 

    हिमाल आरोहणसँगै ५० जना कोरियाली पदयात्री जुगल हिमाल क्षेत्रको पदयात्रामा जाने विज्ञप्तिमा उल्लेख छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार