images
images

दक्षिण अफ्रिकाका पूर्वसभामुखमाथि भ्रष्टाचारको आरोप, पदबाट दिइन् राजीनामा

दक्षिण अफ्रिकाका पूर्वसभामुखमाथि भ्रष्टाचारको आरोप, पदबाट दिइन् राजीनामा

शुक्रवार, चैत २३ २०८०
शुक्रवार, चैत २३ २०८०
  • दक्षिण अफ्रिकाका पूर्वसभामुखमाथि भ्रष्टाचारको आरोप, पदबाट दिइन् राजीनामा

    दक्षिण अफ्रिकाका पूर्वसभामुखमाथि भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको आरोप लगाइएको छ । बुधबार सभामुख पदबाट राजीनामा दिएकी नोसिभिवे मापिसा–एनकाकुलालाई प्रहरीसमक्ष आत्मसमर्पण गरेपछि उनलाई प्रिटोरियाको एक अदालतमा उपस्थित गराइएको छ ।

    images
    images

     ‘मापिसा–एनकाकुलाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दासहित भ्रष्टाचारका १२ वटा अभियोग लगाइएको राष्ट्रिय अभियोजन प्राधिकरणका भेकी मान्याथीले अदालतसमक्ष भनिन् । 

    अदालतमा पहेँलो र निलो रङ्गको पहिरन लगाएकी ६७ वर्षीया अफ्रिकन नेशनल कङ्ग्रेस (एएनसी)की नेता मापिसा एनकाकुला मौन रहेकी थिइन् र पछि उनलाई जमानतमा रिहा गरिएको थियो ।

    उनका वकिल ग्राहम केर–फिलिप्सले मापिसा एनकाकुलालाई उद्धृत गरी जारी गरेको वक्तव्यमा लेखिएको छ, “मविरुद्धको मुद्दा निकै कमजोर र राजनीतिक पूर्वाग्रहले ग्रसित छ । मैले राज्यबाट निवृत्तिभरण पाउँछु त्यसैले मैले विदेश पलायनको जोखिम उठाउने छैन ।” 

    संसदीय निर्वाचन हुनुभन्दा दुई महिना पहिले आएको यो मुद्दाले कमजोर अर्थतन्त्र र सरकारी भ्रष्टाचार र कुव्यवस्थापनको आरोपका बीच जनमत सर्वेक्षणमा संघर्ष गरिरहेको एएनसीको समस्यालाई थप बढाएको छ ।

    राष्ट्रपति सिरिल रामाफोसा र उनका उपराष्ट्रपतिसहित एएनसीका वरिष्ठ राजनीतिज्ञमध्ये मापिसा–एनकाकुला पनि भ्रष्टाचारकाण्डमा मुछिएका छन् । 

    उनीमाथि सन् २०१४ देखि २०२१ सम्म रक्षामन्त्री हुँदा एक पूर्व सैन्य ठेकेदारसँग मोटो रकम घूस मागेको आरोप लागेको थियो । उनले उक्त आरोपको खण्डन गरेका छन् । 

    मान्याथीका अनुसार ती राजनीतिज्ञले ४५ लाख ¥याण्ड अर्थात् २ लाख ४० हजार अमेरिकी डलरभन्दा बढीको ‘उपहार’ मागेका थिए । 

    उनलाई २१ लाख रुपैयाँ घूस दिएको एक प्रत्यक्षदर्शीले बताएका छन् र आवश्यक परेकोसमयमा प्रमाण दिनसक्ने बताएका छन् । 

    न्यायाधीशले ५० हजार ¥यान्डको जमानत तोक्दै मुद्दालाई जुन ४ सम्मका लागि स्थगित गरेका छन्। यस क्रममा मापिसा–एनकाकुलाले आफ्नो राहदानी हस्तान्तरण गर्नु पर्नेछ र राज्यका साक्षीहरूसँग कुनै पनि सम्पर्कबाट बच्नुपर्नेछ ।

    बुधबार मापिसा–एनकाकुलाले संसदको सभामुख र सांसदपदबाट तत्काल प्रभावका साथ राजीनामा दिएका थिए । 

    राजीनामा पत्रमा उनले आफू निर्दोष रहेको बताएका थिए तर संसदको निष्ठा कायम राख्न र आफूमाथिको अनुसन्धानमा ध्यान केन्द्रित गर्न आफूले राजीनामा दिने निर्णय गरेको बताएका छन् । 

    उनले लेखेका छन्, “ममाथि लगाइएका बहुचर्चित आरोपको गम्भीरतालाई ध्यानमा राख्दै म यो भूमिकामा रहिरहन सक्दिनँ ।”

    जोहानेसबर्गको पूर्वी उपनगरमा रहेको मापिसा–एनकाकुलाको निवासमा गत मार्चमा उच्च अनुसन्धान टोलीका सदस्यहरूले छापा मारेपछि यो कदम चालिएको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार