images
images

ट्याक्सी चालकलाई कुटपिट गरी लुटपाट गर्ने पक्राउ

ट्याक्सी चालकलाई कुटपिट गरी लुटपाट गर्ने पक्राउ

आइतवार, चैत १८ २०८०
आइतवार, चैत १८ २०८०
  • ट्याक्सी चालकलाई कुटपिट गरी लुटपाट गर्ने पक्राउ

    काठमाडौँ / लुटपाटमा संलग्न दुई जना व्यक्ति पक्राउ परेका छन् । नेपाल प्रहरीले काठमाडौँ जिल्ला तार्केश्वर नगरपालिका – ६ बस्ने २७ बर्षका प्रशान्त जङ्ग कार्की र काठमाडौँ महानगरपालिका बुढानिलकण्ठ बस्ने ३४ बर्षका राजु गुरुङलाई पक्राउ गरेको हो । 

    images
    images

    कार्की र गुरुङले गत मङ्गलबार राति ९ बजेदेखि १० बजेको समयमा काठमाडौँ जिल्ला बुढानिलकण्ठ दुर्गा मन्दिर नजिक बा २ ज ३५९८ नम्बरको ट्याक्सी चालकलाई कुटपिट गरी लुटपाट गरेका थिए । 

    कार्की र गुरुङले ट्याक्सी चालकसँग भएको मोवाइल, १८ हजार रुपैयाँ नगद, घडि, ब्लु बुक, ल्यापटप र वालेटसमेत लुटेका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार