images
images

भोजपूर टक्सारका आगलागी पीडितलाई एनआरएनएद्वारा २५ बण्डल जस्तापाता वितरण

भोजपूर टक्सारका आगलागी पीडितलाई एनआरएनएद्वारा २५ बण्डल जस्तापाता वितरण

आइतवार, चैत १८ २०८०
आइतवार, चैत १८ २०८०
  • भोजपूर टक्सारका आगलागी पीडितलाई एनआरएनएद्वारा २५ बण्डल जस्तापाता वितरण

    गैरआवासीय नेपाली संघ (एनआरएनए)ले भोजपुर नगरपालिका–१२ टक्सारस्थित मालबाँसेका आगलागी पीडितहरूलाई राहत प्रदान गरिएको छ । आगलागी पीडित स्थानीयहरूलाई एनआरएनएको तर्फबाट अस्थायी आवास निर्माणका लागि २५ बन्डल (५ परिवारका लागि) जस्तापाता प्रदान गरिएको हो । नगरप्रमुख कैलाश कुमार आलेमार्फत राहत  उपलब्ध गराइएको हो ।

    images
    images

     परोपकार तथा मानवीय सहायता विभागमार्फत संघले आगलागीजन्य विपद् प्रभावितका लागि सहयोग सुरु गरेको हो । नगर प्रमुख कैलाश कुमार आलेले सहयोगी संस्था एनआरएनएलाई पनि धन्यवाद ज्ञापन गरे । 

    उनले भने, “पछिल्लो समय नगर क्षेत्रमा भएको यो ठुलो विपद् हो । यो उदाहरणीय कार्य हो । यसरी नै विपदमा सबै एकजुट भएर आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्नुपर्दछ।”

    संघका अध्यक्ष डा बद्री केसीले संघले विपद्मा परेका टक्सारबासीलाई परेको पीडामा थोरै भएपनि मलम लगाउन पाएको बताए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार