images
images

लगानी सम्मेलनमा भाग लिन विश्व बैङ्कका उपाध्यक्षलाई अर्थमन्त्री पुनको निम्तो

लगानी सम्मेलनमा भाग लिन विश्व बैङ्कका उपाध्यक्षलाई अर्थमन्त्री पुनको निम्तो

शनिवार, चैत १० २०८०
शनिवार, चैत १० २०८०
  • लगानी सम्मेलनमा भाग लिन विश्व बैङ्कका उपाध्यक्षलाई अर्थमन्त्री पुनको निम्तो
    images
    images
    काठमाडौँ / अर्थमन्त्री वर्षमान पुनले आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुने गरी तयारी भइरहेको तेस्रो लगानी सम्मेलनमा भाग लिन विश्व बैङ्कका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरलाई निमन्त्रणा गरेका छन् । 
     
    बिहीबार राति अर्थमन्त्री पुन र विश्व बैङ्कका उपाध्यक्षत्रय मार्टिन रेजर, आकिहिको निसिओ र ग्वान्झे चेनबीच भर्चुअल संवाद भएको थियो । उक्त संवादका क्रममा अर्थमन्त्री पुनले लगानी सम्मेलनमा भाग लिनका लागि निम्ता गर्नुभएको उनको सचिवालयले जनाएको छ । 
     
    उक्त संवादका क्रममा अर्थमन्त्री पुनले उनीहरूलाई औपचारिक रूपमा यसअघि नै निमन्त्रणा पठाइसकिएको स्मरण गराउँदै लगानी सम्मेलन निर्देशक समिति अध्यक्षका हैसियतले व्यक्तिगत रूपमा पनि निम्तो दिएको बताएका थिए । 
     
    जवाफमा उपाध्यक्ष रेजरले निमन्त्रणाका लागि धन्यवाद दिनुहुँदै नेपाल र विश्व बैङ्कबीचको विकास साझेदारीमा थप सहकार्यका क्षेत्रबारे कुराकानी गर्न इच्छुक रहेको बताउनुभएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ ।
     
    लगानी सम्मेलनका लागि आवश्यक कानुनी र प्रक्रियागत सुधारका काम अघि बढेको जानकारी अर्थमन्त्री पुनले गराएका थिए । सम्मेलनलाई नेपालले अवसरका रूपमा लिएको बताउँदै उनले विश्व बैङ्कसहित अन्य विकास साझेदारसँगको सहकार्य आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरे । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार