images
images

कृष्णबहादुर महरा हाजिर जमानीमा रिहा

कृष्णबहादुर महरा हाजिर जमानीमा रिहा

शुक्रवार, चैत ९ २०८०
शुक्रवार, चैत ९ २०८०
  • कृष्णबहादुर महरा हाजिर जमानीमा रिहा

    काठमाडौँ / सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई हाजिरी जमानतमा छाडिएको छ ।

    images
    images

    जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँको सहमतिमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई हाजिर जमानी छाड्ने निर्णय गरेको हो ।

    महराको बयान सकिएपछि उनलाई हाजिरी जमानतमा छाडेर थप अनुसन्धान प्रक्रिया अघि बढाउन सीआईबीले सरकारी वकिलसँग अनुमति मागेको थियो ।

    इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न प्रहरीले चैत ५ मा उनलाई रुपन्देहीबाट पक्राउ गरेको थियो ।   अदालतमा म्याद थप गर्न हाजिर गएका बेला उनको स्वास्थ्य स्थितिलाई ख्याल गर्दै अस्पतालमा राख्न आदेश भएको थियो ।

    महराको चिनियाँ तस्कर गिरोहका एक मुख्य पात्र दावोजिन वाङसँग सम्बन्ध देखिएको थियो । उनले विमानस्थल भन्सारले नियन्त्रणमा लिएको सुनसहितको विद्युतीय सिगरेट (भेप) छुटाउनलाई भन्सार कर्मचारीलाई दबाब दिएको समेत खुलेको थियो ।

    उनका छोरा राहुल महरा यही मुद्दामा पुर्पक्षका लागि थुनामा छन् । महरालाई भने सीआईबीले यसअघि प्रतिवादी बनाएको थिएन । 

    पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित सुन आयोगले उनलाई पनि मुद्दा चलाउन सिफारिस गरेपछि महरा पक्राउ परेका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार