images
images

सुन तस्करी प्रकरण : सरकारी वकिलले महरासँग आज पनि बयान लिने, अनुसन्धान नसकिए पुनः म्याद थपिने

सुन तस्करी प्रकरण : सरकारी वकिलले महरासँग आज पनि बयान लिने, अनुसन्धान नसकिए पुनः म्याद थपिने

बिहिवार, चैत ८ २०८०
बिहिवार, चैत ८ २०८०
  • सुन तस्करी प्रकरण : सरकारी वकिलले महरासँग आज पनि बयान लिने, अनुसन्धान नसकिए पुनः म्याद थपिने

    काठमाडौँ / सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिन सुरु भएको छ । यही चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ गरिएका महरामाथि बुधबारदेखि मात्रै बयान लिन सुरु भएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले जनाएको छ । 

    images
    images

    उक्त कार्यालयका प्रमुख सन्देश श्रेष्ठले उनीसँग बयान सुरु भएको र आज पनि बयान लिइने जानकारी दिए । उनलाई काठमाडौँ जिल्ला अदालतले ४ दिन हिरासतमा राख्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई अनुमति दिएको छ । 

    अस्पतालमा राखेर अनुसन्धान अघि बढाउन अदालतबाट आदेश भएपछि उनलाई नर्भिक अस्पतालमा राखिएको छ । 

    निजलाई सिआइबीको नियन्त्रणमा राखेर अनुसन्धान गर्न दिइएको  म्याद आज समाप्त हुने भएकाले  बयान र अनुसन्धान नसकिए पुन: म्याद थप गरिने सिआइबीका प्रवक्ता होबिन्द्र बोगटीले बताए ।

    गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोटमा ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनिया नागरिकसँग उनको नाम जोडिएको छ । 

    त्यसबेला सिआइबीले उनीसँग बयान कागज गरेर मात्रै छाडेको थियो । यो प्रकरणमा महराका छोरा राहुल गत भदौ १३ गते नै पक्राउ परिसकेका छन् । राहुल हाल पुर्पक्षमा थुनामा छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार