images
images

सुन तस्करी प्रकरण : १५ लाख धरौटी बुझाएर रिहा भए पूर्वउपराष्ट्रपति पुनका सल्लाहकार गुरुङ

सुन तस्करी प्रकरण : १५ लाख धरौटी बुझाएर रिहा भए पूर्वउपराष्ट्रपति पुनका सल्लाहकार गुरुङ

सोमवार, चैत ५ २०८०
सोमवार, चैत ५ २०८०
  • सुन तस्करी प्रकरण : १५ लाख धरौटी बुझाएर रिहा भए पूर्वउपराष्ट्रपति पुनका सल्लाहकार गुरुङ

    काठमाडौँ / सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका परराष्ट्र सल्लाहकार जीवनकुमार गुरुङ धरौटीमा रिहा भएका छन् । जिल्ला सरकारी वकिल कार्यालयका अनुसार १४ किलो सुन तस्करीमा संलग्न आरोपमा जिल्ला अदालतको आदेशमा उनी १५ लाख धरौटीमा रिहा भएका हुन् । 

    images
    images

    जिल्ला अदालत काठमाडौँका न्यायाधीश जीवनप्रसाद उपाध्यायले उनलाई रिहा गर्न आदेश गरेका हुन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले गुरुङसँग १ अर्ब ४० करोड बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको थियो । 

    पूर्वन्यायाधीश डिल्लीराज आचार्य संयोजक रहेको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले सममेत गुरुङको सुन प्रकरणमा जोडिएका चिनियाँ नागरिक दावाजिन वाङसँग उठबस उल्लेख गरेको छ । 

    गुरुङ, चिनियाँ तस्करी वाङ र पूर्वसभामुख कृष्णबहादुर महराबीच पटक–पटक भेटघाट भएको तथ्यसमेत भेटिएको प्रतिवेदनमा उल्लेख छ । 

    गत मङ्सीर २२ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित बारपाक, गोरखाका चन्द्र घले पक्राउ परेका थिए । त्यसमा अनुसन्धान हुँदै जाँदा उक्त गिरोहले १ सय ३८ किलो सुन अवैध तरिकाले ओसारेको पत्ता लगाएको थियो । 

    घलेले दुबईमा अंकित अग्रवाल नाम गरेका व्यक्तिसँग सम्पर्क गरी नेपालमा सुन तस्करी गरिरहेको भेटिएको थियो । उक्त समूहका मीन घले, कृष्णकुमार श्रेष्ठलगायतले दुबईबाट सुन ल्याउने गरेको अनुसन्धानबाट खुलेको थियो ।

    पर्वत घर भएका जीवन गुरूङ पूर्वउपराष्ट्रपतिसम्म पहुँच बनाएका व्यक्ति भएकाले अनुसन्धानको दायरामा ल्याइएको थिएन । 

    भन्सार कार्यालयले ताकेता गरेपछि प्रहरीले गुरुङलाई फागुन १४ गते पक्राउ गरेको थियो ।  ६२ वर्षीय जीवनकुमार गुरुङ डिल्लीबजारस्थित प्लाटिनम कलेजका सञ्चालक पनि हुन् ।  

    मीनसँगको टेलिफोन सम्पर्कका आधारमा जीवनको संलग्नता पत्ता लागेको थियो । सुरुमा गुरुङले उक्त मोबाइल नम्बर आफ्नो नभएको दावी गरेको थियो । 

    तर, भन्सार विभागले फोन नम्बर पुष्टि गर्न उपराष्ट्रपति कार्यालयमा पत्राचार गरेपछि नम्बर प्रमाणित भएको थियो । जीवनले मीनसँग सामान्य चिनजान मात्र रहेको र दोहोरी साँझमा गइरहने भएकाले भेट भएको बयान दिएका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार