images
images

सुन तस्करी प्रकरण : पूर्वसभामुख महरालाई ७ दिन हिरासतमा राखिने !, अब कसरी अघि बढ्ला अनुसन्धान ?

सुन तस्करी प्रकरण : पूर्वसभामुख महरालाई ७ दिन हिरासतमा राखिने !, अब कसरी अघि बढ्ला अनुसन्धान ?

सोमवार, चैत ५ २०८०
सोमवार, चैत ५ २०८०
  • सुन तस्करी प्रकरण : पूर्वसभामुख महरालाई ७ दिन हिरासतमा राखिने !, अब कसरी अघि बढ्ला अनुसन्धान ?

    काठमाडौँ / पूर्वसभामुख एवं माओवादी नेता कृष्ण बहादुर महरालाई ७ दिन हिरासतमा राख्न अनुमति माग्ने सरकारी वकिलको तयारी छ । 

    images
    images

    सुन तस्करी प्रकरणमा पक्राउ परेका महरालाई प्रहरीले रुपन्देहीमा पक्राउ गरेर काठमाडौँमा ल्याएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनीमाथि अनुसन्धान सुरु गरेको छ । पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले मुद्दा चलाउन सिफारिस गरेपछि महरालाई प्रहरीले पक्राउ गरेको हो । 

    इलेक्ट्रिक चुरोट ‘भेप’ मार्फत् भएको सुन तस्करीमा महराको नाम जोडिएको थियो । सोही प्रकरणमा महराका छोरा राहुल भन्ने रेशम प्रहरी हिरासतमा पुगेका थिए । 

    ६० किलो सुन हङकङबाट र भेपमा लुकाएर दुबईबाट काठमाडौँमा सुन तस्करी भएको थियो । 

    चिनियाँ नागरिक दावाजिन वाङसँग निकट सम्बन्ध देखिएको महरामाथि म्याद थप भएको अवधिमा विस्तृत अनुसन्धान हुने सिआइबीले जनाएको छ  । भेपमार्फत ल्याइएको सुन छुटाउन चिनियाँ गिरोहसँग महरा बाबुछोराको सम्पर्क देखिएपछि उनीहरूमाथि अनुसन्धान गर्नुपर्ने माग हुँदै गरिदै आएको थियो ।

    हासोङले दुबईबाट ल्याएको ७३० वटा भेप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जफत गरेपछि महरा बावुछोराले छुटाउन भूमिका खेलेका हुन् । सुन छुटाउन चिनियाँ तस्कर  दाओजिन वाङले पूर्व सभामुख महरालाई गुहारेको अनुसन्धानबाट थाहा भएको छ ।  

    अनुसन्धानमा संलग्न एक जना अधिकृतका अनुसार सुन ल्याउने चिनियाँ नागरिक लुई र दाओजिन वाङसँग राहुलको पनि  ‘कनेक्सन’ देखिएको छ ।

    भेपमा सुन ल्याउने समूहका आसिन पेङ र दाओजिन वाङ ६० किलो सुन तस्करीमा पनि संलग्न देखिएका छन् । सुन ल्याउने समूहका आसिन, दाओजिन वाङ र लि हासोङ तीनैजना फरार छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार